६ पुष २०८१, शनिबार

फोनिजको प्रदेश समिति गठन



धनगढी । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सुदूरपश्चिम प्रदेशले बिहीबार तदर्थ समिति गठन गरेको छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १६, भादा गाउँमा भएको भेलाले फोनिज सुदूरपश्चिम संयोजक रामचन्द्र कुश्मीको संयोजकत्वमा तीन सदस्यीय तदर्थ समिति गठन गरेको जनाएको छ । समितिको सदस्यमा फोनिज कैलाली जिल्ला अध्यक्ष रामलखन चौधरी र फोनिज कञ्चनपुर जिल्ला अध्यक्ष हेमन्ती चौधरी रहेका छन् ।कार्यक्रमको फोनिज केन्द्रीय महासचिव मनोज घर्तीमगरले एक कार्यक्रमका बीच उद्घाटन गरेका थिए ।
कार्यक्रममा धनगढी उपमहानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष लक्ष्मीनारायण चौधरी, फोनिजका केन्द्रीय सदस्य लक्ष्मी चौधरी, फोनिज कञ्चनपुरका जिल्ला अध्यक्ष हेमन्ती चौधरी, थारू पत्रकार संघ सुदूरपश्चिम संयोजक उन्नती चौधरी, थारू पत्रकार संघ कैलालीका अध्यक्ष प्रेम चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम सुदूरपश्चिम प्रदेश संयोजक रामचन्द्र कुश्मीको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा फोनिज कैलाली जिल्ला अध्यक्ष रामलखनले स्वागत गरेका थिए भने जिल्ला सचिव राम दहितले सञ्चालन गरेको थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार