१४ कार्तिक २०८१, बुधबार

सांसद वादीसहित छ जना सम्मानित



टीकापुर । सुदूरपश्चिम प्रदेश सभा सदस्य उमादेवी वादीसहित छ जनालाई सम्मान गरिएको छ । नेपाल दलित संघ कैलालीले बिहीबार टीकापुरमा प्रदेश सभा सदस्य वादी सहित छ जनालाई सम्मान गरेको छ ।
बिबिसीको प्रेरणादायी महिलाको सूचीमा परेकी प्रदेश सांसद वादी, सुदूरपश्चिम प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता रणबहादुर रावल, प्रदेश सांसद टेकबहादुर रैका, धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वड, टीकापुर नगरपालिकाका उपप्रमुख केशरी बिष्ट र जानकी गाउंँपालिका वडा नम्बर ६ का वडाध्यक्ष झनक विश्वकर्मालाई संघले सम्मान गरेको छ ।
सम्मान कार्यक्रममा नेपाली काँग्रेस, कैलालीका सभापति नरनारायण शाहले का“ग्रेसले दलित समुदायलाई उच्च सम्मान र अवसर प्रदान गरेको चर्चा गरे ।
सो अवसरमा काँग्रेस संसदीय दलका नेता रावल र सांसद रैकालेलाई का“ग्रेसले स्थानीय, प्रदेश र केन्द्रमा उम्मेदवार बनाउदा नै दलित समुदायका नेताहरूलाई बढी अवसर दिएको बताए ।
कार्यक्रममा धनगढी उपमहानगरपालिका प्रमुख वड, प्रदेश सांसद वादी, महासमिति सदस्य फकिरसिंह कडायत, दलित संघका केन्द्रीय उपाध्यक्ष छत्रबहादुर टेलर, महाधिवेशन प्रतिनिधि देवेन्द्रसिंह नेपाली, जिल्ला सदस्य नवराज रावल, क्षेत्रीय सभापति भुवनेश्वर अधिकारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार