२४ बैशाख २०८३, बिहिबार

निर्मला हत्याकाण्ड : महिला शक्ति महासंघद्वारा दोषि पत्ता लगाउन माग



धनगढी । महिला शक्ति महासंघ, नेपालले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्यामा संलग्न दोषिहरूलाई पक्राउ गरी कारवाहीको दायरामा ल्याउन माग दोहो¥याएको छ ।
महिला शक्ति महासंघले मंगलबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र बुझाउ“दै निर्मलाको हत्या भएको पाँच महिना बढी भइसक्दा पनि अझैसम्म सरकारले हत्याराहरूलाई पक्राउ गर्न नसकेको गुनासो गरे ।
महिला शक्ति महासंघकी सुदूरपश्चिम प्रदेश संयोजक माया नेगी नेतृत्वको एक प्रतिनिधिमण्डलले मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै यो घटनाले देशभरी नै महिला तथा बालिकाहरूले असुरक्षा अनुभव गरिरहेको बताइन् । “अहिले पनि महिला तथा बालबालिकालाई विभिन्न प्रकारको मानसिक, शारीरिक तथा यौनजन्य हिंसा, सामुहिक बलात्कार, कुटपिट, बोक्सीको आरोप, एसिड तथा अन्य रसायन प्रयोग गरेर कुरूप बनाउने, दाइजोको निहुँमा हत्या गर्ने, छाउपडी प्रथा लगायतका समस्या भोग्नु परेका छन्” उनले भनिन्– “यी सबै समस्याबाट मुक्त बनाएर महिलालाई सुरक्षाको प्रत्याभूति दिन प्रदेश सरकारले उचित ध्यान दिनु पर्दछ ।”
ज्ञापनपत्रमा महिला महासंघले अंश र वंशमा महिलाको समान अधिकार, चेलिवेटी वेचविखनको अन्त्य, समान कामको समान ज्याला, प्रजनन् स्वास्थ्यमा अधिकार, निःशुल्क शिक्षा, हिंसामा परि वैदेशिक रोजगारीबाट फर्किएर बसेका दिदीबहिनीलाई उचित व्यवस्थापन गर्नुपर्ने लगायतका माग दोहो¥याएका छन् ।
संयोजक नेगीले संविधानमा भएका प्रष्ट व्यवस्थालाई इमान्दारिका साथ कार्यान्वयन गर्नुपर्ने र सम्बन्धित प्रदेशले महिलाका पक्षमा विशेष नीति, ऐन, कार्ययोजना बनाइ लागू गर्नुपर्ने सुझाव दिइन् ।
ज्ञापनपत्र बुझ्दै प्रदेशका मुख्यमन्त्री भट्टले निर्मला पन्त हत्या घटनामा प्रदेश सरकार गम्भीर र संवेदनशील रहेको बताए । उनले निर्मला हत्याकाण्डको चाडोभन्दा चाडो पत्ता लगाउन प्रदेश सरकारले पटकपटक संघीय सरकारलाई दवाव दिएको पनि स्मरण गरे । “ढिलो या चाडो अपराधी पत्ता लाग्छ” मुख्यमन्त्रीले भने– “संघीय सरकार र प्रदेश सरकार यस घटनामा गम्भीर रहेको छ ।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार