२४ बैशाख २०८३, बिहिबार

वादी समुदायको जीवनस्तर उकास्न सरकार गम्भीर– मन्त्री सुवेदी



धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री कृष्णप्रसाद सुवेदीले वादी समुदायको जीवनस्तर उकास्न सरकार गम्भीर रहेको बताएका छन् ।
सोमबारदेखि धनगढीमा सुरु भएको वादी समुदायको प्रदेशस्तरीय भेला उद्घाटन गर्दै मन्त्री सुवेदीले वादी समुदायका अगुवासँगको सहकार्यमा सरकारले वादी समुदायको उत्थानको क्षेत्रमा काम गर्ने बताए ।
उनले सामाजिक, आर्थिक तथा राजनीतिक रूपमा वादी समुदायका नागरिकलाई अगाडि बढाउन सोही अनुसारका नीति निर्माण गर्न सरकार तयार रहेको बताए ।
आजसम्म सञ्चालन हुने सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने दलित आयोगकी पूर्व सदस्य रमा वादीले बताइन् ।
कार्यक्रममा शुक्ला वादीले वादी समुदायको अवस्थालाई समेटेर तयार पारेको प्रस्तुति प्रतिवेदन प्रस्तुत गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार