७ पुष २०८१, आईतवार

सवारी साधनमा प्रतिविम्वक स्टिकर



धनगढी । क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले सवारी साधनमा प्रतिविम्वक स्टिकर टाँस गरेको छ ।
हुस्सु तथा अन्य विविध कारणबाट हुन सक्ने सवारी दुर्घटनालाई न्यूनीकरण गर्न कार्यालयले विद्युतीय रिक्सा तथा ट्याक्टरमा सो स्टिकर टा“स गरेको जनाएको छ । “चिसो मौसममा हुस्सु तथा अन्य विविध कारणले अगाडि पछाडिका सवारी साधन नदेखिने गरेका कारण सवारी दुर्घटना हुने गरेका छन” क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी टेकबहादुर जोराले भने– “प्रतिविम्वक स्टिकरले सवारी गुडिरहेको संकेत देखाउने छ ।” उनका अनुसार कार्यालयले सोमबार ४० वटा सवारी साधनमा सो स्टिकर टाँस गरेको छ । सूचना अधिकारी अन्य सवारी साधनमा पनि यी स्टिकर टाँस गरिने छ ।
गोदावरी नगरपालिका वडा नम्बर १ अत्तरियास्थित अत्तरिया चौकमा अत्तरियाबाट विभिन्न सडकखण्डहरूमा सञ्चालनमा रहेका सुस्त गतिमा गुडने सवारी साधन (अटोरिक्सा ट्याक्टर साईकल ठेलागाडाहरू) मा यी स्टिकर टाँस गरिरहेको प्रहरी कार्यालयले जनाएको छ ।
साथै कार्यालयले सडकमै ट्राफिक ऐन नियमहरूका साथै सवारी चलाउदा ध्यान दिनुपर्ने कुराहरूको प्रशिक्षण सवारी धनीहरूलाई दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार