१४ कार्तिक २०८१, बुधबार

पूर्व राज्यमन्त्री शाहसँग नाता कायमको लागि अदालतमा मुद्दा



काठमाडौं । पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री गोविन्द शाहसँग नाता कायम गरी पाउ भन्दै दलित समुदायका महिला नेतृ राधिका भूजलले मुद्दा दर्ता गरेकी छन् । विवाह गर्छौ भनेर २४ वर्षसम्म शारीरिक सम्बन्ध राखेपनि अहिले आएर दलित समुदायको भनेर हेला गर्दै विवाह दर्ता गर्न नमानेपछि न्यायको लागि जिल्ला अदालत अछाममा मुद्दा दर्ता गरेको महिला नेतृ भुजेलले जानकारी दिइन् ।
राज्यमन्त्री शाहले विवाह गर्ने भनेपछि आफूले २३ वर्ष अघिदेखि शारीरिक सम्बन्ध राख्दै आएको पनि खुलासा गरे । त्यसपछि शाहको सल्लाह अनुसार औपचारिक रूपमा १४ वर्ष अघि गोरर्खाको मनकामना मन्दिरमा गएर सिन्दुर हालेको नेतृ भुजेलको भनाई रहेको छ । यस्तै २ वर्ष ९ महिना अघि बनाएको पासपोर्टमा पनि गोविन्दबहादुर शाहको श्रीमान भनेर नाम उल्लेख गरिएको भुजेलको भनाई रहेको छ । पासपार्ट बनाउन बेला शाहले आफूलाई दिएको उनको सक्कल नागरिकता पनि आफूसँग नै रहेको पनि जानकारी दिए ।
पटक पटक पूर्व राज्यमन्त्री शाहलाई विवाह दर्ता गरौं भन्दा उल्टै दलित समुदायको भनेर विवाह दर्ता गर्न नमानेपछि न्यायको लागि जिल्ला अदालत अछाममा साउन ३० गते मुद्दा हाल्न बाध्य भएको भुजेलको भनाई रहेको छ ।
जवानी उमेरमा १५ वर्षसम्म शाहसँगै बसे पनि अहिले दलित समुदायको भनेर छोडेकोमा आक्रोस पोखे । तिमी दलितकी छोरी म ठकुरीको छोरा भनेर जातिगत आधारमा आफूलाई विभेद गरेपछि नाता कायमको लागि अदालतमा गएको भुजेलको भनाई छ । भुजेलको मुद्र्दा अहिले जिल्ला अदालतमा विचारधिन अवस्थामा रहेको स्रोतले जनाएको छ ।
यस्तै, नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा अछाममा आउँदा पनि विवाह गरेको भनेर स्वीकार गरेको पनि भुजेलको दावी रहेको छ । शाहले जवानी उमेरमा आफ्नो अस्मिता लुटे पनि अहिले ४५ वर्षको बुढेसकालमा दलित समुदायको भनेर घर न घाटको बनाएको भन्दै आक्रोस पोखिन । उनले अहिले आफू न्यायको लागि जिल्ला अदालतदेखि सरोकारवाला पक्षलाई गुहार्दै आएको पनि महिला नेतृ भुजेलको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार