१६ पुष २०८२, बुधबार

ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा प्रभावकारी बनाउछौं– मन्त्री सुवेदी



धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले ग्रामीण बस्तीहरूमा स्वास्थ्य सेवालाई प्रभावकारी बनाइने बताएका छन् ।
मंगलबार बेलौरी नगरपालिमा स्थानीय पालिकाहरूलाई स्वास्थ्य कार्यक्रमबारे दुई दिने क्षमता अभिबृद्धि तथा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै मन्त्री सुवेदीले प्रदेशका ग्रामीण बस्तीका जनताको स्वाथ्यमा सहज पहुँच सुनिश्चित गर्न मन्त्रालय सजग रहेको बताए ।
मन्त्री सुवेदीले अन्य प्रदेशको तुलनामा सुदूरपश्चिमका जनता स्वास्थ्यको पहुँचबाट टाढा रहनु पर्ने अवस्था रहेकोले हरेक बस्तीका जनतालाई स्वाथ्य सेवाको अनुभूति गराउन सरकारले विशेष योजना बनाएको बताए ।
उनले भने– “पहिलेको जस्तो अब हुँदैन । अब स्वास्थ्य संस्थाहरूको स्तरोन्नती गरेर जनताको घरदैलोमा सेवा पुर्‍याउनतर्फ सरकार तत्पर छ ।”
सामाजिक विकास मन्त्रालयको प्रायोजन र बेलौरी नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा मन्त्रालका सचिव गोगनबहादुर हमाले स्वास्थ्य सेवा क्षेत्रलाई प्रभावकारी बनाउन स्थानीय तहको महत्त्वपूर्ण भूमिका रहेको चर्चा गरे ।
बेलौरी नगरपालिका प्रमुख पोतिलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास मन्त्रालयका प्रमुख प्रशासकीय अधिकृत छवि नेपालीले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार