१४ कार्तिक २०८१, बुधबार

कर्मचारीको आन्दोलन जारी



बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा कार्यरत कर्मचारीहरूले शुक्रबार कालोपट्टी बाधेर कामकाज ठप्प पारेका छन् । गाउँपालिकामा कार्यरत अस्थायी, करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीहरूले सरकारले ल्याएको कर्मचारी समायोजन अध्यादेश २०७५ को विरोध गर्दै आन्दोलन जारी राखेका छन् ।
कर्मचारी एसोसियसन बर्दगोरिया गाउँपालिका इकाई समितिले साविक स्थानीय निकायका श्रेणीविहिन कर्मचारीहरूको स्तरबृद्धि गरी तह बढुवा, वृत्ति विकास लगायतका माग अघि सारेको छ ।
सरकारले ल्याएको कर्मचारी समायोजन अध्यादेश २०७५ को दफा ७ उपदफा ४ बमोजिम स्थानीय सेवामा समायोजन हुने सबै कर्मचारीलाई समान व्यवहार गर्न इकाई समितिले माग गरेको छ ।
इकाई समिति अध्यक्ष शेरबहादुर बडायकले माग सम्बोधन नभए कडा आन्दोलनमा उत्रने बताए । उनका अनुसार कालोपट्टी बाधेर पुस १० गतेसम्म आन्दोलन जारी रहेन छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार