कैलारीमा तीन झोलुंगे पुल बन्दै
हसुलिया । कैलारी गाउँपालिकामा थप तीन वटा झोलुड्डे पुल बन्ने भएको छ । विभिन्न नदी तथा घाटमा निर्माण हुने झोलुंगे पुलको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) बनेको छ ।
गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले गाउँपालिकाको विभिन्न नदी तथा घाटमा बन्ने झोलुड्डे पुलको लागि डिपीआर तयार भइसकेको बताए ।सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा वडा नम्बर ३ मोहना नदीको खोनपुर घाटमा तीन सय ५० मिटर लामो झोलुड्डे पुल, वडा नम्बर ५ डम्मारा गाउँको कटैनी नदीमा एक सय २० मिटर लामो पुल र वडा नम्बर ९ मसुरिया जवनीपुरस्थित घुरहा नदीमा एक सय ४० मिटर लामो झोलुड्डे पुलको डिपिआर तयार भएको अध्यक्ष चौधरीले बताए ।
मोहना नदीमा झोलुड्डे पुल बनेपछि शिवरत्नपुर, खोनपुर, गोबरैला, हसुलिया, निमुवाबोझी, लालपुर, भडरी, मुडा लगायतका गाउँका र छिमेकी धनगढी उपमहानगरपालिका, गौरीगंगा नगरपालिकाका स्थानीयलाई पनि ओहोरदोहोरमा सहज हुने अध्यक्ष चौधरी विश्वास व्यक्त गरे ।
खोनपुर घाटमा झोलुड्डे पुल बनाउनका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा ६० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
त्यस्तै, गाउँपालिकाको ८५ लाख रुपैयाँ आर्थिक अनुदानमा वडा नम्बर ८ लोहरपुर टेढीको कैटैनी नदीको एक सय २० मिटर लामो झोलुड्डे पुल सञ्चालनमा आइसकेको अध्यक्ष चौधरी बताए ।
त्यस्तै, संघीय सरकारको आर्थिक सहयोगमा वडा नम्बर २ रामपुर लक्कड, वडा नम्बर ९ सिमरनाको घुरही नदी र देवीगन्ज सिटलपुर नदीमा बनेको झोलुड्डे पुल सञ्चालनमा आइसकेको छ ।