गरिबले गरिबी परिचयपत्र पाउने
लम्की । लम्कीचुहा नगरपालिकाका नगरप्रमुख महादेव बजगाईले गरिबले गरिबी परिचयपत्र पाउने बताएका छन् ।
लम्कीचुहा नगरपालिका ६ नम्बर वडाले आयोजना गरेको फुटबल तथा क्रिकेट खेलको लागि खेलाडी छनौट कार्यक्रमको उद्घाटन गर्दै बजगाइले गरिबले गरिबी परिचयपत्र पाउने बताए ।
गरिबीको पहिचान भई परिचयपत्र पाएकाहरूको स्वास्थ्य बिमा नगरपालिकाले गरिदने बताउँदै स्थानीय सरकारबाट गरिबीको रेखामुनी रहेकाहरूले विशेष सेवा पाउने छन् ।
खेलकुद विकासको लागि ६ नम्बर वडाले गरेको कामको प्रशंसा गर्दै खेलकुद र खेलाडीको विकासमा लगानी गर्ने बजगाईले बताए ।
लम्कीचुहा नगरपालिकाका नगर उपप्रमुख टीका थापाले महिलाहरू घरेलुहिंसाको समस्यामा रहेकोले महिलाहरू एक भएर अधिकारको पक्षमा आवाज उठाउनुपर्ने बताइन । वडा नम्बर ५ का वडाध्यक्ष माया विष्ट, नेपाली काँग्रेसका जुगराम चौधरी, नेकपाका ढकबहादुर विक, महेन्द्र ढुगांना र समाजसेवी हंशबहादुर रोकायाले शुभकामना व्यक्त गरेका थिए ।
१७ वर्षदेखि ३५ वर्षसम्मका उमेर समूका एक सय ९ जना खेलाडीबाट खेलाडी छनौट गर्ने लम्कीचुहा नगरपालिकाका ६ नम्बरका वडाध्यक्ष नेत्र सुनाखरी मगरले बताए ।
कार्यक्रममा देउडा गायक लालबहादुर धामी र विष्णाकुमारी बिसीले जनचेतनामूलक गीत गाएका थिए ।




