३ आश्विन २०८१, बिहीबार

विपद् पूर्वसूचना प्रणालीबारे तालिम



पुस ०२, धनगढी । ज्येष्ठ नागरिक स्याहारकर्ता अभिमुखिकरण तथा विपद् पूर्व सूचना प्रणाली सम्बन्धी तालिम शुक्रबार धनगढीमा भएको छ ।
हेल्प एज इन्टरनेशनल र फाया नेपालको साझेदारीमा सञ्चालित विपद् उत्थानशिलतामा ज्येष्ठ नागरिकको सहभागिता परियोजनामार्फत सो कार्यक्रम भएको थियो ।
कार्यक्रममा महिला तथा बालबालिका कार्यालयका प्रमुख पुजा काफ्ले, ज्येष्ठ नागरिक संघका अध्यक्ष दिव्यप्रसाद पन्त लगायतको उपस्थिथित रहेको थियो । कार्यक्रम फाया नेपालका अध्यक्ष शेरबहादुर बस्नेतको अध्यक्षतामा भएको थियो ।
तालिममा महिला तथा बालबालिका कार्यालय प्रमुख काफ्ले, यशोदा ढकाल, सशस्त्र प्रहरी सिमा सुरक्षा बलका सशस्त्र प्रहरी नायव उपरीक्षक पे्रमवहादुर रावल, नेपाल रेडक्रस सोसाईटी, कैलालीका खगेन्द्रराज ओझा लगायतले विभिन्न विषयमा सहजीकरण गरेका थिए ।
तालिममा ज्येष्ठ नागरिक, महिला स्वास्थ्य स्वयंसेविका, वडा नागरिक मञ्च, बाल क्लव, यूवा क्लवका गरी ४० जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार