१० श्रावण २०८१, बिहीबार

कीटजन्य रोग अनुसंधानका लागि टोली परिचालन



कञ्चनपुर । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले कीटजन्य रोग अनुसन्धान गर्न कञ्चनपुरमा टोली खटाएको छ ।

औलो, कालाजार, डेंगु, चिकनगुनिया, जापानिज इन्सेफलाइटिस र स्क्रब टाइफस सार्ने कीट (वाहक) संकलन गरी अनुसन्धान टोलीले अध्ययन थालेको हो ।
गत वर्ष औलो र कालाजारका बिरामी देखिएको भीमदत्त नगरपालिका–१० जिुमुवा र बेदकोट नगरपालिकाको वडा नं ६ र ७ मा इन्टोमोजोलिष्टसहित निर्देशनालयको १२ सदस्यीय टोलीले अनुसन्धानको कार्य अगाडी बढाएको छ ।
‘रोग सार्ने कीटको खोजी गरी प्रयोगशालामा ल्याई रोग सार्ने अवस्थाबारे अध्ययन र अनुसन्धान भैरहेको छ,’ निर्देशनालयका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीले भने, ‘कीटको अवस्थाबारे अध्ययन गरी निर्देशनालयलाई प्रतिवेदन बुझाउ“छौं ।’ अध्ययन गरिएका क्षेत्रमा सोही अनुसार कीटजन्य रोग नियन्त्रणका लागि आवश्यकताका आधारमा कार्यक्रम सञ्चालन गरिने उनले जानकारी दिए ।
‘भीमदत्त नगरपालिका–१० मा गरिएको अध्ययनमा औलो रोग सार्ने लामखुट्टे एनोफिलिज (पोथी) समूहका तीनवटा प्रजाति देखिएका छन्,’ निरीक्षक जोशीले भने, ‘अनुसन्धानका क्रममा औलो रोग सार्ने लामखुट्टेको घनत्व बढी रहेको पाइएको छ ।’ रोग सार्ने कीटको संख्या बढी देखिनु भनेको रोगको संक्रमणदर बढ्ने संकेत भएकाले यसलाई नियन्त्रण गर्न कार्यक्रम आवश्यक भएको उनले बताए । कीटजन्य रोगको संक्रमण फैलिने खतरा भए÷नभएकोबारे समेत टोलीले अनुसन्धानको कार्यमा जोड दिएको उनको छ ।
टोलीले कीटजन्य रोगबारे अध्ययनस“गै रेकर्ड अपडेट र वस्तुस्थिति पत्ता लगाउने काम गरिरहेको छ । कीटजन्य रोगमा एनोफिलिज जातको पोथी लामखुट्टेले सार्ने औलो रोग सबैभन्दा बढी चुनौतीका रुपमा रहेको छ । त्यसपछि क्यूलेक्स जातको पोथी लामखुट्टेले टोकेर सार्ने जापनिज इन्सेफलाइटिस, हात्तीपाइले, कीर्नाले सार्ने स्क्रब टाइफस रहेका छन् ।
सुदूरपश्चिम क्षेत्रमा डेंगु, चिकनगुनिया र जीका भाइरसको संक्रमण समेत देखा पर्ने गरेको छ । विगत तीन वर्षदेखि कञ्चनपुर लगायत क्षेत्रमा पोथी सेन्डफ्लाइले सार्ने कालाजारका बिरामी समेत भेटिन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार