कर्णालीमा केबुलकार पर्यटनका कुरा
![](https://i0.wp.com/anumodankhabar.com/wp-content/uploads/2020/07/sampadakiya-editorial.jpg?resize=337%2C230)
सुदूरपश्चिम क्षेत्रको प्रवेशद्धारा रहेको कैलाली जिल्लामा समेत पर्ने कर्णाली नदीको किनारमा रहेको चिसापानी बजारबाट राजकाँडासम्म सञ्चालन हुने गरेर केबुलकार निर्माणका लागि शिलन्यास भएको छ । केबुलकार निर्माणका लागि सात अर्बको लगानी जुटेको छ ।
सो लगानी जुटेपछि र सुदूरपश्चिममा केबुलकार बन्ने भएपछि नेपाल सरकारका परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले खुसी व्यक्त गरिन । उनले हामी सुदूरपश्चिमबासी त्यसका लागि बधाइको पात्र भएको पनि बताइन । शिलन्यास समेत गरेकी देउवाले केबुलकार भित्रेपछि अरु क्षेत्रमा लगानी बढ्ने विश्वास पनि गरिन ।
वास्तवमा परराष्ट्रमन्त्री देउवाले केबुलकारका बन्ने भयो भनेर खुसी मात्र हुने होइन त्यसको लागि सरकारका तर्फबाट कतिपय कुरामा सहजीकरण गर्न पनि मद्धत गर्नुपर्छ । त्यसपछि उनले भने झै सुदूरपश्चिममा थप लगानी भित्रन सक्छन् । हुन त उनले सुदूरपश्चिम मात्र होइन देशभर लगानी बढाउन ऐन, कानुन परिमार्जन गर्न सरकारले पहल गरेको, विशेष टीम बनाएको बताएकी छन् त्यो कुरा पनि कार्यान्वयन होस ।
केबुलकारबाट उच्च हिमाल, पहाड र कर्णाली नदीको नागबेली हेर्नका लागि नेपाल र भारत दुबैतिरबाट पर्यटक ल्याउन सकिन्छ । त्यसका लागि कोहलपुरदेखि गड्डाचौकीसम्म छ लेनको सडक बन्न जरुरी छ । उनले सो सडक पनि बन्ने बताउने गरेकी छन् त्यो पनि कार्यान्वय होस ।
केबुलकारको यात्रा अवधी १० मिनेटको हुने बताइएको छ । सो क्रममा कर्णाली नदी, जालपादेवी, कालभैरब, कालिकादेवी, कैलाश धामजस्ता धार्मिक र पर्यटकीय स्थलहरूको दृश्यावलोकन गर्न सकिनेछ यसले पर्यटक मात्र बढाउने छैन । कर्णाली चिसापानीदेखि धनगढी, महेन्द्रनगर, नेपालगञ्जसम्मको व्यापार व्यवसाय बढाउन सक्छ साथै थप रोजगारी सृजना गर्न सक्छ । यसर्थ सुदूरपश्चिम प्रदेशकै अझ भन्नुपर्दा लुम्बिनी पश्चिमको पहिलो केबुलकार एक वर्ष भित्र सहजरुपमा निर्माण गर्नका लागि सरकार, नीजि क्षेत्र र सो क्षेत्रका बासिन्दाले पनि सहयोग पुगाऔ ।
![](https://i0.wp.com/anumodankhabar.com/wp-content/uploads/2024/12/%E0%A4%95%E0%A5%87%E0%A4%AC%E0%A4%B2%E0%A4%95%E0%A4%BE%E0%A4%B0%E0%A4%95%E0%A5%8B-%E0%A4%A1%E0%A4%BF%E0%A4%AA%E0%A5%80%E0%A4%86%E0%A4%B0-%E0%A4%A8%E0%A4%95%E0%A5%8D%E0%A4%B8%E0%A4%BE.jpg?resize=720%2C405)
![](https://i0.wp.com/anumodankhabar.com/wp-content/uploads/2024/12/%E0%A4%95%E0%A5%87%E0%A4%AC%E0%A4%B2%E0%A4%95%E0%A4%BE%E0%A4%B0%E0%A4%95%E0%A5%8B-%E0%A4%A1%E0%A4%BF%E0%A4%AA%E0%A5%80%E0%A4%86%E0%A4%B0-%E0%A4%A8%E0%A4%95%E0%A5%8D%E0%A4%B8%E0%A4%BE2.jpg?resize=720%2C479)
![](https://i0.wp.com/anumodankhabar.com/wp-content/uploads/2024/12/Araju-Deuba.jpg?resize=720%2C586)
![](https://i0.wp.com/anumodankhabar.com/wp-content/uploads/2024/12/%E0%A4%AA%E0%A4%B0%E0%A4%B0%E0%A4%BE%E0%A4%B7%E0%A5%8D%E0%A4%9F%E0%A5%8D%E0%A4%B0-%E0%A4%AE%E0%A4%A8%E0%A5%8D%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A5%80-%E0%A4%86%E0%A4%B0%E0%A4%9C%E0%A5%81-%E0%A4%B0%E0%A4%BE%E0%A4%A3%E0%A4%BE3.jpg?resize=720%2C405)