२५ मंसिर २०८१, मंगलवार

कर्णालाी स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेर के भने धनगढीका मेयर गोपाल हमालले




धनगढी/ म केही दिन अगाडी कर्णाली प्रदेशको जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अवलोकन गर्न पुगेको थिए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि २०६४ सालमा विषय उठान भइसकेपछि साढे तीन बिघामा रहेको अञ्चल अस्पताललाई स्तरउन्नती गरी २०६८ सालमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रारम्भ भएको थियो ।

हाल प्रतिष्ठानमा वि।एससी। नर्सिङ, एमविविएस, बि फार्मेसी र पिजी (जन स्वास्थ्य, नर्सिङ र चिकित्सा) शिक्षाका कार्यक्रममा विद्यार्थीहरू देशको विभिन्न क्षेत्रबाट र भारतको जम्मु कश्मिरबाट एक जना, मध्यप्रदेशबाट एक जना र उत्तर प्रदेशबाट पनि एक जना विद्यार्थी अध्ययन गर्न आएको छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशकज्यूले दिनु भएको जानकारी अनुसार यही २०८१ कार्तिक २८ गतेका दिन सम्माननीय प्रधानमन्त्रीज्यूको उपस्थितिमा उत्तीर्ण भएका ५६ जना विद्यार्थीहरूलाई दिक्षान्त गरिँदैछ ।

भौगोलिक रूपमा सहज भएको कैलालीको गेटामा २०५५ सालमा गेटा मेडिकल कलेजका विषय उठान गरी जग्गा पनि प्राप्त गरेर सकेको पश्चात पनि सुदूपश्चिमका नागरिक राम्रो स्वास्थ्य सेवाबाट वञ्चित रहेका छन् ।

गेटामा रहेको प्रस्तावित मेडिकल विश्वविद्यालय धेरै सम्भावना बोकेको छ । पर्याप्त मात्रामा जमिन छ र भौतिक निर्माण भइसकेको छ। गेटामा रहेको मेडिकल विश्वविद्यालय सञ्चालन भएमा यहाँका स्थानीयले सुपथ मूल्यमा सहजताका साथ राम्रो स्वास्थ्य सेवा प्राप्त गर्ने थिए। यहाँ पनि विभिन्न देश र विदेशका क्षेत्रबाट विद्यार्थीहरू अध्ययन गर्न आई सहज रुपमा शिक्षा आर्जन गर्न पाउनेछन् ।

यहाँका आर्थिक गतिविधिहरू अझै बढ्दै जानेछन र स्थानीयवासी आफ्नो क्षमता अनुसारको रोजगारी एवं आफ्ना कौशलताको प्रयोग गरी सिपमूलक काम गर्न पाउनेछन् । त्यसैले गेटामा रहेको प्रस्तावित मेडिकल विश्वविद्यालय सञ्चालनका लागि जनस्तरबाट सभ्य र शालिन आन्दोलनको प्रारम्भ गरी नागरिक स्तरबाट नै दबाब सिर्जना गर्न सम्पूर्ण महानुभावहरुमा विनम्र अपिल गर्दछु ।

पुनः जनस्तरबाट नै सभ्य र शालिन आन्दोलनका लागि यी दबाब दिन यी कुरा सम्पूर्णलाई सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार