२६ पुष २०८१, शुक्रबार

दार्चुलाका ज्योतिष ॲठोला जोशी सम्मानित



काठमाडौ/ पञ्चाङ्गकारतर्फ शुभ पञ्चाङ्गका ज्यो. दामोदर ॲठोला जोशीलाई सम्मान गरिएको छ । नेपाल ज्योतिष परिषदको २७औं वार्षिकोत्सव समारोहमा उनलाई सम्मान गरिएको हो ।

 नेपाल ज्योतिष परिषदको २७औं वार्षिकोत्सव समारोह बुधबार काठमाडौमा भएको थियो । सोही अवसरमा ज्यो. ॲठोला  जोशीलाई पशुपतिनाथ मन्दिरका मूल भट्ट रावल गणेश भट्टले दोसल्ला ओढाएर कदरपत्र प्रदान गरेका थिए ।

वि.सं. २००८ साल जन्म भाद्र ३० गते , तत्कालिन स्थान रिठाचौपता–९,अहिले लेकम गाउँपालिका ५, दार्चुलामा जोशीको जन्म भएको थियो ।

पिता अन्तराम जोशी र माता गोमती जोशीका जेष्ठ सन्तानका रुपमा मौखोली लेकाईजर अँठोला परिवारमा जन्मेका जोशी  १३ वर्षको उमेरदेखि नै ज्योतिषप्रति अभिरुचि राख्न थालेको बताउछन् ।

उनी आफू हजुुरबुवा गुणराज जोशी पिता अन्तराज जोशीदेखि ज्योतिष वातावरणले जोतिष बनेको बताउछन् ।  उनको ज्योतिषी गुरु पनि प्रारम्भमा पिता अन्तराम नै भए। पछि १४ वर्षको उमेरबाट जेठा बुवा कालुप्रसाद जोशीले ज्योतिषी क्षेत्रमा अघि बढ्न उनलाई ज्योतिषी विद्मामा विशेष गरेर खण्डखाद्रीक सिद्धान्तवाट पन्चाङ्ग निर्माण तथा चिना बनाउने गणितिय विघि सिकाएर ठूलो योगदान गरेका थिए ।

त्यसैमा उनका हजूरबावाले गुणराज जोशीको पनि ज्योतीषी विघामा तथा संस्कृतमा शिक्षा प्रदान गरेका थिए। १४ वर्षको उमेरमा गाँउको स्कुलबाट नै प्रारम्भिक शिक्षा हासिल गरेका उनले अधिकांश समय ज्योतिषी विघामा खर्चिए ।

उनले १४ वर्षको उमेरबाट नै अँठोला पन्चाङ्ग निर्माणमा सहयोग गर्दै आएका छन्। सुरुवातमा अँठोला दार्चुला जिल्लामा स्थानीय स्तरमा उत्पादन गरिने नेपाली कागजमा स्थानीय मसी प्रयोग गरेर लेख्ने क्रम सुरु भएको उनले अझै सम्झन्छन् ।  त्यो दार्चला र वैतडी जिल्ला सबैभन्दा पहिलो ज्योतिषी पन्चाङ्गको रुपमा प्रकाशित हुने गरेको उनले बताए ।

पछि आएर वि.स. २०३८ सालमा हजरबूवा ज्यो. स्व.जनकराज जोशीको विशेष पहलमा तत्कालिन श्री ५ को सरकार सस्कृति मन्त्रालय अन्तर्गत ज्यो. प्रा. मंगलराज जोशीको अघ्यक्षतामा रहेको पन्चाङ्ग र्निणायक समितिवाट स्वीकृति लिएर सुदूरपश्चिमको पहिलो पन्चाङ्गको रुपमा अठोला पात्रो प्रकाशित हुन थाल्यो । यसमा हजुरबुवा जनकराजको सहयोगिको रुपमा काम गर्दै आएको थिए उनले भने ।  

वि.स. २०६४ सालदेखि पन्चाङ्ग र्निणायक समितिमा जनकराज जोशीको प्रतिनिघिको रुपमा पन्चाङ्गको सम्पूर्ण निर्माणको काम जिम्मा लिएको पनि ज्यो. जोशीले बताए ।

वि.सं.२०६६ सालमा पन्चाङ्ग र्निणायक समिति सदस्य तथा पन्चाङ्गकारको हैसियतमा काम गर्दै पन्चाङ्ग प्रकाशन गर्दै आएको बताउदै उनले बताए । उनी २०७२ सालबाट शुभ पन्चाङ्गको पन्चाङ्गकार तथा संस्थापक हुन । उनले २०६६ सालमा सम्पन्न अन्तर्राष्ट्रिय ज्योतिषी सम्मेलन तथा विभिन्न ज्योतिषी सभा, सम्मेलन गोष्ठीमा भाग लिइसकेका छन् ।

उनले नेपालभर भारतको विभिन्न शहर तथा घार्मिक स्थलको भ्रमण गरेका थिए। उनी अहिले अँठोला ज्योतिषीको रुपमा परिचित छन्।

उनी अँठोला इम्पेक्स तथा अँठोला ट्रेडर्स एण्ड सप्लार्यसका सस्थापक पनि हुन । साधना , तपस्या र ज्योतीष ज्ञान विना जीवन अपूर्ण हुने कुरामा विश्वास राख्ने जोशी अरुलाई यसबारे थोरै भए पनि ज्ञान राख्नु पर्ने सल्लाह दिन्छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार