१० श्रावण २०८१, बिहीबार

दादुरा रुवेलाविरुद्धको खोप अभियान सञ्चालन हुँदै



धनगढी । सरकारले यस वर्ष पनि देशभरी दादुरा रुवेलाविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको वाल स्वास्थ्य तथा खोप शाखाले सबै बालबालिकालाई खोपको पहुँचमा ल्याउन विभिन्न गतिविधीहरू अघि बढाएको जनाएको छ ।
सोमबार धनगढीमा खोप अभियानलाई प्रभावकारी बनाउन शाखाको आयोजनामा सामाजिक विकास समितिका सांसद, सञ्चारकर्मी र सरोकारवालाहरूसंग अभिमुखीकरण तथा अन्र्तक्रिया कार्यक्रम गरिएको छ ।
सो अवसरमा खोप अभियानबारे जानकारी दि“दै शाखा प्रमुख डाक्टर झलक गौतमले देशभरी दुई चरणमा अभियान सञ्चालन गरिने जानकारी दिए । पहिलो चरणमा प्रदेश १, २ र ५ मा फागुन १ देखि ३० गतेसम्म र दोस्रो चरणमा अन्य प्रदेशमा चैत १ गतेदेखि ३० गतेसम्म अभियान सञ्चालन हुने जनाइएको छ । शाखा प्रमुख डाक्टर गौतमका अनुसार तराईका १९ जिल्लामा दादुरा रुवेलासंगै पोलियोको खोप पनि खुवाइने जनाइएको छ ।
खोप अभियानलाई प्रभावकारी बनाउन शाखाले स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि, जनचेतनामुलक सामाग्री लगायतका गतिविधीसंगै खोपहरू सम्बन्धीत खोप केन्द्रमा पठाउने लगायतका क्रियाकलापको तयारी गरिरहेको बताए ।
नेपालमा हरेक वर्ष छ लाख २० हजार बालबालिका खोपको पहु“चमा आउने गरेका छन । नेपाल जनसंख्यीक तथा स्वास्थ्य सर्वेक्षण २०१६ अनुसार अझै पनि २१ प्रतिशत बालबालिका आंशिक खोप पाउने गरेको र १ प्रतिशत बालबालिका खोपको पहु“चभन्दा बाहिर रहेको उल्लेख छ ।
सन १९९८ मा नेपालमा एक हजार जीवित बालबालिकामा एक सय १८ बालबालिकाको मृत्यु भएको थियो भने अहिले त्यो संख्या घटेर ३९ मा पुगेको छ । त्यस्तै एक वर्षमुनिका ३२ र नवजात शिशु मृत्युदर २१ पुगेको छ । डाक्टर गौतमले भने बालमृत्यु दरमा कमी ल्याउन पनि खोप कार्यक्रमले प्रभावकारी भुमिका खेलेको छ । उनले खोप कार्यक्रममा नियमित खोप नलगाउने समस्याले पनि प्रभावकारी हुन नसकेको बताए । गत वर्ष जन्मेको पहिलो चरणको खोप (विसिजी खोप) लगाउने ९० प्रतिशत रहेको थियो भने अन्तिम खोप लगाउने चरणमा १८ प्रतिशत घटेको थियो । उनले भने –‘खोपका पहु“चमा आएका बालबालिका पनि किन पुरै खोप लिदैन ? यसमा हामी स्वास्थ्यकर्मीको कमी छ कि खोपका बारेमा पूर्ण ज्ञान दिन नसकेर हो यसमा पनि समिक्षा आवश्यक छ ।’
शाखाका जनस्वास्थ्य अधिकृत बसन्त श्रेष्ठले दादुरा रुवेलाको खोप अभियानलाई प्रभावकारी बनाउन व्यवस्थापनतर्फ ३२ करोड र खोप (डोज) खरिदका लागि २४ करोड गरि करिव ५६ करोड रुपैया खर्च हुने जानकारी दिए । उनले समग्रमै सत प्रतिशत बालबालिकालाई खोपको पहु“चमा ल्याउने गरि स्वास्थ्यकर्मी, राजनीतिक दल, बुद्धिजिवी, सामाजिक संघ÷संस्थाका पदाधिकारी, सञ्चारकर्मीको सहयोग पनि आवश्यक रहेको बताए ।
सो अवसरमा सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले सुदूरपश्चिम प्रदेशका हरेका घरमा रहेका बालबालिकालाई खोपबाट वञ्चित हुन नदिने गरि प्रदेश सरकारले काम गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले भने– खोप पाउनु बालबालिकाको नैसर्गिक अधिकार हो । यसबाट कसैलाई वञ्चित हुन नदिन प्रदेश सरकारले गर्नुपर्ने कर्तव्य निभाउन मन्त्रालय तयार छ ।
मन्त्री सु्वेदीले बालबालिकालाई स्वस्थ र निरोगी बनाउन खोपले प्रभावकारी भुमिका खेलेको बताए । भने– मन्त्रालयले प्रदेशका प्रत्येक स्वास्थ्य केन्द्रमा निशुल्क औषधी र खोप सामाग्री पुगाएको छ । कतै अभाव छ भने तपाई हामीलाई जानकारी दिनुहोस् ।
कार्यक्रममा अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका सभापति हर्क बहादुर कु“वरले सर्वसाधारणलाई स्वास्थ्य सम्बन्धी ज्ञानको अभाव भएको बताए । उनले भने– शहरका टाठाबाठाहरूलाई त स्वास्थ्य सम्बन्धी केही ज्ञान होला । उनीहरू खोपको पहु“चमा आउलान्, तर दुर्गम क्षेत्र जहा“ न दरबन्दी अनुसारको स्वास्थ्यकर्मी छन्, न निःशुल्क औषधी नै उपलब्ध छ भने ती मान्छे कसरी खोपको पहु“चमा आउ“छन् ? उनले आम प्रदेशवासीलाई स्वास्थ र निरोगी बनाउन जनचेतनामुलक अभियान सञ्चालन गर्न आवश्यक रहेको बताए ।
सामाजिक विकास समितिकी सभापति कुन्ती जोशीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्यहरू पूर्णा जोशी, दुर्गा विक र अम्बीकुमारी थापा, स्वास्थ्यकर्मी, सामाजिक विकास मन्त्रालय कर्मचारी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको उद्देश्यबारे प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार