११ श्रावण २०८१, शुक्रबार

जलयात्रा समापन



धनगढी । विवेकशिल साझा पार्टीले डोटीको सेती नदीबाट सुरु गरेको जलयात्रा कर्णाली नदीको खक्रौलामा पुगेर समापन भएको छ । चैत १७ गते डोटीको वान्डुंग्रीसैन सेती नदीबाट सुरु भएको जलयात्रा बिहीबार कैलालीको खक्रौलामा समापन भएको हो ।


विवेकशिल साझा पार्टीका सुदूरपश्चिमका अभियान विभाग प्रमुख विनोद मल्ल नेतृत्वको टोलीले पा“च दिनको अवधीमा साढे चार सय किलोमिटर लामो जलयात्रा पुरा गरेको जनाइएको छ ।
जलयात्रा टोलीमा रमेश बोगटी, बिक्की ओझा, सुशदेव सिंह र तारा सि“ह तथा गाईड कर्णाली ¥याफिटङका अध्यक्ष विष्णुप्रसाद जैशी, बलबहादुर राजी, कालुराम चौधरी लगायतका नौ जनाको सहभागिता रहेको थियो ।
जलयात्रामा सहभागीहरुलाई यसअघि विवेकशिला साझा पार्टीका सुदूरपश्चिम संयोजक गोपाल हमाल, कैलाली संयोजक प्रकाश भट्ट लगायतका नेताहरुले दौलतपुरघाट पुगेर स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार