१२ श्रावण २०८१, शनिबार

प्रधानमन्त्री रोजगार कार्यक्रमसम्बन्धी अभिमुखीकरण



धनगढी । प्रधानमन्त्री रोजगार कार्यक्रम सम्बन्धी प्रदेश स्तरको अभिमुखीकरण बिहीबारदेखि धनगढीमा शुरु भएको छ । कार्यक्रम आज (शुक्रबार) सम्म सञ्चालन हुने जनाइएको छ ।


अभिमुखीकरण कार्यक्रमको धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले एक कार्यक्रमबीच उद्घाटन गरे ।
कार्यक्रममा नगर प्रमुख वडले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई गरिव परिचयपत्र वितरण जस्तो बन्न नदिन आग्रह गरे ।
“पाउनुपर्ने गरिब व्यक्ति, परिवारले परिचयपत्र पाएका छैनन्, हुनेखानेले पाएका छन्” उनले प्रधानमन्त्री रोजगार कार्यक्रममा पनि बेरोजगारले रोजगारी नपाएर पाइरहेका व्यक्तिले नै अवसर पाउने अवस्था आउन नदिन सरोकारवाला सबैले ध्यान दिनुपर्ने चर्चा गरे ।
उनले राज्यबाट प्राप्त हुने अवसर तथा सुविधा लिनेमा बढिजसो टाठाबाठा नै हुने गरेको दोहो¥याए । भने– बेरोजगारसम्बन्धी फारम भर्ने वेलामा नै सजग हुनु आवश्यक छ ।
तत्कालीन जिल्ला विकास समितिले संकलन गरेको विवरणका आधारमा तयार गरिएका गरिब परिचयपत्र अहिले स्थानीय सरकारहरुका लागि समस्या भएको बताउदै नगर प्रमुख वडले भने– त्यसैले अहिले प्रधानमन्त्री रोजगार कार्यक्रमबारे सबैलाई राम्ररी बुझाउनु आवश्यक छ ।
अभिमूखीकरण कार्यक्रममा प्रदेशका ८८ वटै स्थानीय तहका प्रतिनिधि सहभागि छन् । कार्यक्रम दुई दिन सम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार