११ श्रावण २०८१, शुक्रबार

कफी खुवाउदै, राहत जुटाउदै



धनगढी । धनगढीको पार्कमोड वरपर हिड्नेलाई कफी खान आग्रह गर्न थालिएको छ । कफी खानेले छेउमा सहयोग पेटी देख्छ र खुसीले सहयोग गर्छ ।

बारा र पर्साका हावाहुरी पीडितका लागि कफी खुवाउदै आर्थिक सहयोग जुटाउने नौलो खालको अभियान धनगढीमा बिहीबार शुरु भएको हो ।
लायन्स क्लव अफ धनगढी ग्रिनसिटीले नयाँ खालको अभियान चलाएको हो । सो अभियान शुक्रबार पनि सञ्चालन हुने अध्यक्ष टेकराज पनेरुले बताए । कफी खाँदै सहयोग गर्नेमा पूर्व सांसद महेश्वर पाठकदेखि सयौ सर्वसाधारणहरु रहेका छन् ।
कफी खानेहरुले स्वतफूर्तढंगले खुसी हुँदै सहयोग दिने गरेको अध्यक्ष पनेरुले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार