१२ श्रावण २०८१, शनिबार

तीन दिने बिमा अभिकर्ता तालिम सम्पन्न



धनगढी । नेपालको पहिलो बिमा कम्पनी नेपाल ईन्स्योरेन्स कम्पनीको आयोजनामा तीन दिने बिमा अभिकर्ता तालिक धनगढीमा सम्पन्न भएको छ ।


दार्चुला बैतडी डडेल्धुरा अछाम कैलाली लगायतका जिल्लाका ५० जना बिमा अभिकर्ताको सहभागीता रहेको तालिम अाइतबार समापन भएको हो । तालिमको सुदुरपश्चिम प्रदेश सभाका सभामुख अर्जुन थापाले एक समारोहका बीच समापन गरे । सो अवसरमा बोल्दै सभामुख थापाले बिमाले सुदुरपश्चिमको आर्थिक तथा सामाजिक क्षेत्रमा महत्वपुर्ण योगदान दिएको दावी गरे ।
नेपाल ईन्स्योरेन्स कम्पनी प्रधान कार्यालयका कार्यक्रम संयोजक हरिहरमानसिंह बस्नेतले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारे । तीन दिने तालिम समापनमा धनगढी शाखाका प्रमुख सागर बमले धन्यवाद ज्ञापन गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार