१२ श्रावण २०८१, शनिबार

नगर प्रमुख वड सम्मानित



धनगढी । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघले धनगढी उपमहानगरपालिकाका प्रमुख नृप वडलाई सम्मान गरेको छ ।


आइतबार धनगढीमा एक कार्यक्रम आयोजना गरी संघका वरिष्ठ केन्द्रीय उपाध्यक्ष मनिराम देवलले नगरप्रमुख वडलाई सम्मान गरेका हुन् । सदियौंदेखि आर्थिक, शैक्षिक, सामाजिक, राजनैतिक र राज्यको मूलप्रावाहीकरणमा पछाडि पारिएका दलित, मुक्त हलिया तथा सिमान्तकृत समुदायको अधिकारको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याए वाफत उनलाई सम्मान गरेको संघले जनाएको छ ।
सम्मान ग्रहण गर्दे नगर प्रमुख वडले नगरको विकास र समृद्धि नै आफ्नो मुख्य लक्ष्य भएकाले जनताको आर्थिक, सामाजिक, शैक्षिक लगायतका समग्र विकासका लागि ठोस योजना सहित अगाडि बढिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार