१२ श्रावण २०८१, शनिबार

कक्षा १२ को विदाई



धनगढी । धनगढीको ऐश्वर्य विद्यानिकेतनका कक्षा ११ का विद्यार्थीहरुले कक्षा १२ का विद्यार्थीहरुको बिदाई गरेका छन् ।


कक्षा ११ का विद्यार्थीहरुले आइतबार विद्यालयमा एक कार्यक्रम आयोजना गरी कक्षा १२ का विद्यार्थीहरुलाई विदाई गरेका हुन् । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सांसद डिल्लीराज पन्तले ऐश्वर्य विद्या निकेतन सुदूरपश्चिमकै गर्विलो संस्था भएको बताएका छन् ।

सांसद पन्तले ऐश्वर्यको पठनपाठन उत्कष्ट भएकाले देशमै उत्कृष्ट संस्थाको रुपमा चिनाउन सफल भएको बताए ।
धनगढी उप–महानगरपालिकाका प्रमुख तथा ऐश्वर्य ब्यबस्थापन समितिका अध्यक्ष नृपबहादुर वडले ऐश्वर्यसंग धनगढीका थुप्रै वालबालिकाको भविष्य जोडिएको बताए । विद्यालयबाट बिदाई भएर जाने विद्यार्थीहरुलाई ऐश्वर्यका राम्रा पक्षलाई अन्यत्र फैलाउन म अनुरोध गर्दछु नगरप्रमुख वडले भने ।
विदाई कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए । बिदाई कार्यक्रममा बोल्ने विद्यार्थीहरुले ऐश्वर्य पठनपाठनमा मात्रै नभएर सर्वाङ्गीण विकासका लागि उत्कृष्ट संस्था भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार