११ श्रावण २०८१, शुक्रबार

प्रेस क्लव उद्घाटन



धनगढी । धनगढीमा प्रेस क्लव धनगढी स्थापना भएको छ । क्लवको बुधबार एक कार्यक्रमबीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरे ।


सो अवसरमा मुख्यमन्त्री भट्टले मिडियाले सरकारका हरेक कामको विरोध मात्रै नगरी सुधारात्मक आलोचकको भूमिका निर्वाह गर्न आग्रह गरे ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका प्रमुख न्यायाधिवक्ता कुलानन्द उपाध्याय, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य दिपकप्रसाद देवकोटा, नेपाली कांग्रेस कैलालीका जिल्ला सदस्य केशव मिश्र, राष्ट्रिय जनमोर्चा नेपाल, कैलालीका अध्यक्ष लक्षीराम आचार्य, ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय, धनगढीका सञ्चालिबम हिरा दिदी र नेपाल पत्रकार महासंघ, सुदूरपश्चिम प्रदेश अध्यक्ष अर्जुन शाहले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम क्लवका अध्यक्ष हेमन्त पौडेलको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सञ्चालन क्लवका महासचिव सुशील ढुंगानाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार