१२ श्रावण २०८१, शनिबार

शिवनगर नाला सफा गरिंदैै



धनगढी । धनगढी उपमहानगरपालिकाले खोलानदी तथा नालामा गरिएको अतिक्रमण हटाउने अभियान अन्तरगत सोमबार शिवनगर नाला सफा गर्न शुरु गरेको छ ।

उपमहानगरपालिकाको वडा नम्बर १ र ८ को बीचमा पर्ने शिवनगर पुल नजिक बिहानैदेखि नाला सफा गर्ने काम सुरु गरिएको छ । नगर प्रमुख नृपबहादुर वडका अनुसार खोलानालाको फोहर हटाउने, खोलाको भंगालो सोझो पार्ने र अतिक्रमण हटाउने कामलाई गत आर्थिक वर्षबाट नै सुरु गरिएको बताए । उनले भने– गत वर्ष महानगरपालिकाका विभिन्न स्थानमा गरी करिब १० किलोमिटर भन्दा बढी खोलानालाको अतिक्रमण हटाउने काम भएको थियो ।
खोलानाला सफा गर्ने अभियानमा वडा नम्बर ८ का अध्यक्ष नारायण बराल र वडा नम्बर १ का अध्यक्ष सन्तोष मुडभरी पनि सहभागी रहेका थिए । वडा नम्बर ८ का अध्यक्ष बरालले अतिक्रमण हटाएको र शिवनगर नाला सफा गरिएपछि यस वर्ष डुबानको समस्या कम हुने बताए । उनले शिवनगर नालाको अतिक्रमण हटाउने क्रममा शिवनगर पुल नजिक पांच कठ्ठा सार्वजनिक जमिन भेटिएकोले त्यहा शिवमिन्दर स्थापना गरिने बताए ।
उपमहानगरपालिकाका प्रवक्ता समेत रहेका वडा नम्बर १ का अध्यक्ष मुडभरीले खोलानालामा अतिक्रमण गरेर संरचना निर्माण गरिएका कारण बस्ती डुवानको समस्या बृद्धि हुने गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार