११ पुष २०८१, बिहीबार

महिला कैदीबन्दीका लागि ब्यूटीपार्लर तालिम



धनगढी । कैलाली जिल्ला कारागारमा रहेका महिला कैदीवन्दीका लागि सोमबारदेखि ब्यूटीपार्लर तालिम सुरु भएको छ ।


धनगढी उपमहानगरपालिकाको सहयोगमा सुनौलो भविष्य नेपाल, नामक संस्थाले आयोजना गरेको तालिम तीन महिनासम्म सञ्चालन हुने जनाइएको छ ।
तालिमको सोमबार एक कार्यक्रमबीच धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले उद्घाटन गरे । सो अवसरमा सजाय भुक्तानपछि बाहिर निस्कदा समाजमा असल काम गरेर देखाउन कैदीबन्दीहरुलाई आग्रह गरे ।
सो अवसरमा कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले ब्यूटीपार्लर तालिमलाई अवसरको रुपमा लिन कैदीबन्दीहरुसंग आग्रह गरे । उनले भने– यस्ता तालिमले तपाईहरुलाई आत्मनिर्भर बनाउन सहयोग गर्ने छ ।
सुनौलो भविष्य नेपालका अध्यक्ष तुलसी देवकोटाका अनुसार तालिममा जिल्ला कारागार, कैलालीमा रहेका २४ जना कैदीवन्दी सहभागि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार