१४ कार्तिक २०८१, बुधबार

प्रहरी चौकी विस्तार तीब्र



बैतडी । बैतडीका स्थानीय तहका केन्द्रहरुमा प्रहरीले चौकी स्थापना गर्ने कार्यलाई तीव्रता दिएको छ ।

सिगास गाउँपालिकाको केन्द्र गर्जे बाहेक सबै स्थानीय तहका केन्द्रमा प्रहरी चौकी स्थापना भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए ।
स्थानीय तह भएपछि पञ्चेश्वर, शिवनाथ र सुर्नया गाउ“पालिकाका केन्द्रमा प्रहरी चौकी स्थापना गरिएका उनले जानकारी दिए ।
सिगास गाउँपालिकाको केन्द्र गर्जेमा पनि अस्थायी प्रहरी चौकी स्थापनाका लागि जिल्ला प्रशासन कार्यालय मार्फत गृह मन्त्रालयमा लेखी पठाएको प्रहरी नायव उपरीक्षक गिरीले जानकारी दिए ।
स्थानीय तहमा शान्ति सुरक्षा स्थापनाका लागि तहका केन्द्रहरुमा प्रहरी चौकी स्थापना गरिएका उनले बताए ।
६ ओटा तहका केन्द्रमा भने तह सञ्चालनमा आउनुअघि नै प्रहरी चौकी रहेका थिए । स्थानीय तहका केन्द्रमा प्रहरी चौकी स्थापनाले शान्ति सुरक्षामा सहयोग पुग्ने सुर्नया गाउ“पालिकाका अध्यक्ष बीरबहादुर बिष्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार