२८ मंसिर २०८२, आईतवार

बृहत सांस्कृतिक कार्यक्रम हुदै



धनगढी । नेवार समुदायको संगठन नेवाः देय दबूको आयोजनामा धनगढीमा संस्कृती संरक्षणका लागि आज शुक्रबार र भोली शनिबार बृहत सांस्कृतीक कार्यक्रम हुने भएको छ ।
बिहिवार धनगढीमा आयेजित पत्रकार सम्मेलनमा नेवाः देय दबूका केन्द्रिय अध्यक्ष नरेश ताम्राकारले नेवाः भाषा तथा संस्कृतिको संरक्षण एवं प्रचारप्रसार गर्ने उद्देश्यले सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा बृहत सांस्कृतिक कार्यक्रम गरिने जानकारी दिए ।
उनले शुक्रबार बिहान धनगढीको रामजानकी मन्दिरबाट प्रभात फेरी सहितको ¥याली निकाली धनगढी पार्कमा पुगेर कार्यक्रममा परिणत हुने बताए । कार्यक्रममा नेवारी समुदायका लाखेनाच, भिमेबाजा, बासुरी बाजा, लोक नेवारी नृत्य लगायत प्रस्तुत गरिने बताए ।
यसैगरी शनिवार नेवार समुदायको आन्तरीक कार्यक्रमका साथै नेवाः देय दबूको केन्द्रिय कार्यसमितिको बैठक गर्ने कार्यतालिका रहेको अध्यक्ष ताम्राकारले जानकारी दिए । यस कार्यक्रममा सुदूरपश्चिम प्रदेशका बिभिन्न जिल्लामा छरिएर रहेका नेवार समुदायको सहभागिता रहने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार