६ पुष २०८१, शनिबार

बहुउद्देश्यीय सभाहल शिलान्यास



धनगढी । सुदूरपश्चिमाञ्चल साहित्य समाज धनगढीको आयोजनामा सोमबार बहुउद्देश्यीय सभाहलको सिलान्यास गरिएको छ ।

सोमबार आयोजित एक कार्यक्रमबीच धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वड र उपप्रमुख सुशीला मिश्र भट्टले बहुउद्देश्यीय सभाहलको संयुत्त, रुपमा सिलन्यास गरे ।
सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष रामलाल जोशीले पहलमानसिंह स्वारका नामबाट निर्माण हुने सो बहुउद्देश्यीय सभाहल तीन सय दर्शक क्षमताको हुने बताए ।
भवन शिलन्यासका अवसरमा नगर प्रमुख वडले कला, गला र साहित्यिक क्षेत्रमा धनगढीको विशिष्ट स्थान रहेको चर्चा गरे ।
उनले बहुउद्देश्यीय सभा हल निर्माणका लागि उपमहानगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
यसैगरी, नगर प्रमुख वडले सोमबार नै धनगढी उपमहानगरपालिका वडा नम्बर ६ मा निर्मित राधाकृष्ण सत्संग भवनको उद्घाटन गरे ।
त्यस्तै, नगर प्रमुख वड र उपप्रमुख मिश्रले सोमबार नै धनगढी उपमहानगरपालिका वडा नम्बर १८ मा नवनिर्मित शिव मन्दिरको संयुक्त रुपमा उद्घाटन गरे ।
त्यसैगरी नगर प्रमुख वडले धनगढीको उत्तर बेहडीमा स्थापना गरिएको गौमाता मन्दिरको समेत उद्घाटन गरे ।
यसैबीच, सुदूरपश्चिमाञ्चल साहित्य समाज धनगढीले आफ्नो रजत महोत्सवको अवसरमा धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडलाई सम्मान गरेको छ ।
देशभरीका नगरपालिकाहरुमा धनगढी उपमहानगरपालिकालाई कार्य सम्पादनका उत्कृष्ट बनाउन सफल भएको भन्दै साहित्य समाजले नगर प्रमुख वडलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान ग¥यो ।
यसअघि सुदूरपश्चिमाञ्चल साहित्य समाजले धनगढी उपमहानगरपालिका उपप्रमुख सुशीला मिश्र भट्टलाई पनि सम्मान गरेको थियो ।
नगर प्रमुख वडले यस सम्मानले आफुलाई थप जिम्मेवार भएर काम गर्न हौसला प्रदान गरेको बताए । उनले भने, यो सम्मानमा धनगढीका सबै नगरबासीको योगदान र हक छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार