१२ बैशाख २०८२, शुक्रबार

विपद् प्रतिकार्य सामग्री हस्तान्तरण



धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाका तीन वडालाई विपद् जोखिम न्यूनिकरणका लागि विपद् प्रतिकार्य सामग्री हस्तान्तरण गरिएको छ ।

जनचेतना तथा युवा जागरण मञ्च, नेपाल (फाया–नेपाल) कैलालीको धनगढी उपमहानगरपालिकाको वडा नम्बर १०, १५ र १८ मा विपद् जोखिम न्यूनिकरणका लागि आवश्यक पर्ने विपद् प्रतिकार्य सामग्री हस्तान्तरण गरिएको जनाएको छ ।
उपमहानगरपालिकाको वडा नम्बर १० घुइयाघाटस्थित वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वड मार्फत वडा नम्बर १० का अध्यक्ष राजेन्द्र राना, वडा नम्बर १५ का अध्यक्ष फुलराम चौधरी र वडा नम्बर १८ का अध्यक्ष मुरारी अधिकारीलाई हस्तान्तरण गरियो ।
फाया नेपाल र हेल्पएज ईन्टरनेशनल नेपालको साझेदारी तथा धनगढी उपमहानगरपालिकासंगको समन्वयमा सञ्चालीत नेपालमा समाबेशी बिपद् उत्थानील प्रयासहरुबाट जोखिमपुर्ण समुदायको पूर्व तयारी स्थित निर्माण परियोजना दोश्रो (आरडीआर) परियोजना मार्फत वाडमा सञ्चालीत बिपद् तथा जलवायु उत्थानशिल समितिलाई बिपद् प्रतिकार्य सामग्री हस्तान्तरण गरिएको फाया नेपालका कार्यक्रम निर्देशक धर्मराज पाठकले जानकारी दिए ।
फाया नेपालले उपमहानगरपालिकाको वडा नम्वर १०, १५ र १८ मा नेपालमा समावेशी प्रकोप उत्थानशील प्रयासहरुबाट जोखिमपूर्ण समुदायको पूर्व तयारी स्थिति निर्माण परियोजना सञ्चालन गरिरहेको छ ।
संस्थाका कार्यक्रम निर्देशक पाठकका अनुसार हस्तान्तरण गरिएका सामग्रीहरुमा ज्येष्ठ नागरिकहरुलाई बिपदमा काम लाग्ने चश्मा, बैशाखी, लाईफ ज्याकेट, त्रिपाल, हाते साइरन, डोरी, बाल्टी, सेप्टीमेट हेल्मेट, नाईज भिजन ज्याकेट, सेप्टी बुट, ह्वील चियर, हेण्डमाईक लगायत २१ वटा समाग्री रहेका छन् ।
कार्यक्रम निर्देशक पाठकले वडा नम्बर १० मा ९९ हजार नौ सय ९१ रुपैया, वडा नम्बर १५ र १८ मा ४९ हजार ६ सय ५७ हजार रुपैया बराबरको विपद् प्रतिकार्य सामग्री हस्तान्तरण गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार