१८ आश्विन २०८१, शुक्रबार

जीपी कोइराला फाउण्डेशन विस्तार



बैतडी । पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको नाममा स्थापना गरिएको ‘जिपी कोइराला फाउण्डेशन’ लाई सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा विस्तार गरिएको छ । नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले स्थापना गरेको सो फाउण्डेशनको सुदूरपश्चिमका सबै जिल्लामा शाखा विस्तार गरिएको जनाइएको छ ।

सो फाउण्डेशनका सुदूरपश्चिम प्रदेश संयोजक चतुरबहादुर चन्दका अनुसार बैतडीमा विष्णुदत्त जोशीको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको छ ।
समितिको उपसंयोजकमा यज्ञराज पन्त, सचिवमा दशरथ चन्द र कोषाध्यक्षमा रिकेश बोहरा रहेका छन् । त्यस्तै, सदस्यमा बिष्णुदत्त अवस्थी, रामसिंह भण्डारी, तुलसी ठगुन्ना, सुरत पार्की, नरेशबहादुर चन्द, गणेश गडाल, लक्ष्मी चन्द (शाह), कृष्णबहादुर चन्द र निर्मला अवस्थी रहेका छन् ।
त्यस्तै, दार्चुलामा गजेन्द्रसिंह कार्की, डडेल्धुरामा भरत नेपाली, बझाङमा धु्रवराज उपाध्याय, अछाममा यज्ञप्रसाद ढुङ्गाना, बाजुरामा तिलकराज पुरी, डोटीमा दुर्गा फुलारा, कञ्चनपुरमा भरत बिष्ट र कैलालीमा यज्ञनिधी कोइरालाको संयोजकत्वमा समिति गठन गरिएको छ ।
प्रत्येक जिल्लामा १३÷१३ सदस्यीय समिति गठन गरिएको सुदूरपश्चिम संयोजक चन्दले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार