परिवार दलको जागरण अभियान
धनगढी । नेपाल परिवार दलले सुदूरपश्चिम प्रदेशबाट राष्ट्र जागरण अभियान थालेको छ ।
अभियानको सुरुवात गर्दै पार्टिका अध्यक्ष रामनाथ ढकालले राष्ट्रिय एकता वलियो बनाउन, दिगो बिकास र असल संस्कार निमार्ण गर्ने उदेश्यका साथ राष्ट्र जागरण अभियान थालिएकोे बताए ।
उनले भने ‘निर्वाचनपछि देशमा जुनखालको स्थायी सरकार वनेको छ यसको सदुपयोग गरी बिकास निमार्णका काम तिव्र गतीमा अगाडी बढ्नु पर्छ भन्ने सकरात्मक माहोल सिर्जना गर्न राष्ट्र जागरण अभियान लिएर हिडेका छौ ।’ उनले यो अभियान सातै प्रदेशमा सञ्चालन गरिने बताए ।