१९ पुष २०८२, शनिबार

टीकापुर घटनाको मुद्दा टुंगो लाग्न सक्ने



धनगढी । देशकै चर्चित टीकापुर घटनाको कैलाली जिल्ला अदालतमा बहस जारी रहेको छ । बुधबारदेखि शुरु भएको बहसमा आठ जनाको बहस भइसकेको जनाइएको छ ।

शुक्रबार अदालतमा प्रतिवादी पक्षका कानुन व्यवसायी तथा अधिवक्ता मिलन राई र नाथुराम महतोले बहस गरेका थिए ।
२०७२ साल भदौ ७ गते नेपाल प्रहरी वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपाने सहित आठ जना सुरक्षाकर्मी र एक नाबालकको ज्यान जान गरी भएको टीकापुर घटनामा प्रहरीले ५८ जनाको शंका रहेको भन्दै अदालतमा कर्तव्य ज्यान, डाका चोरी तथा ज्यान मार्ने उद्योग अन्र्तगत मुद्दा दायर गरेको थियो ।
बुधबारबाट शुरु भएको सो घटनाको बहस मुद्दा टुंगो नलागेसम्म जारी रहने कैलाली जिल्ला अदालतका श्रेष्तेदार इन्द्रबहादुर कठायतले बताए । उनले यसको अन्तिम सुनुवाई बुधबार सकिने र मुद्दाको किनारा लाग्न सक्ने बताए । घटनाको सुनूवाईमा भएको ढिलाईलाई मध्यनजर गर्दै अदालतले मुद्दालाई निरन्तरता दिएको छ ।
प्रतिवादीहरुको वतनको अस्पष्टता लगायत विभिन्न कारणले सो घटना ढिलाई भइरहेको थियो । तीन बर्ष भन्दा लामो सयमपछि सुरु भएको सुनसवाईमा बुधबार वादी पक्षका २ न्यायधिवक्ता र प्रतिवादी पक्षका पा“च जना कानून व्यसायीले बहस गरेको जिल्ला अदालत कैलालीका श्रेस्तेदाल कठायतले बताए । बुधबार उक्त मुद्दामा बादी नेपाल सरकारका तर्फबाट जिल्ला न्यायधिवक्ता बिष्णु पौडेल र सहायक न्यायधिवक्ता लक्ष्मी शर्माले बहस गरेका थिए भने प्रतिबादी तर्फबाट बरिष्ठ अधिवक्ता गोपाल घिमिरे, अधिवक्ता हरी फुयाल, गंगाराम उपाध्याय, मिलन राई र गजेन्द्र केसीले बहस गरेका थिए ।
मुद्दा १९ गते हेर्दा हेर्दैको लागि पेश हुने गरी अर्को आदेश समेत अदालतले जारी गरेको छ । उक्त मुद्दामा ११ जना बढी कानूनन व्यवसायीहरु प्रतिवादी तर्फका रहेका छन् ।
यो घटनाको यो नौं पेशी हो । नौं पेशीको पहिलो दिन बुधबार हेर्दाहेर्दैमा वितेको कैलाली जिल्ला अदालतले जनाएको छ ।
यसअघि कैलाली जिल्ला अदालतमा माघ १७ गते जिल्ला न्यायधिश परशुराम भट्टराईको इजलासले साक्षी बुझ्ने आदेश दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार