लोकस्टार अडिसनको तयारी पुरा
धनगढी । भोली बिहीबार हुने नेपाल लोकस्टार धनगढी अडिसनको तयारी पुरा भएको आयोजकले जनाएको छ ।
धनगढीमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरि आयोजक चाहना मिडियाले तयारी पुरा भएको जनाएको छ ।
चाहना मिडियाका सहसंयोजक तथा ‘नेपाल लोकस्टार’ का परिकल्पनाकार माधव थापाले सुदूरपश्चिम प्रदेशमा हुने अडिसनको तयारी पुरा भएको जानकारी दिए । ‘सबै प्राविधिक, जज टिम धनगढी पुगिसकेको छ’ उनले भने ।
नेपाल लोकस्टार कार्यक्रमका निर्देशक सुरेश पौडेलले यस्ता रियालिटी शोबाट आउने प्रतिभाहरु माझिएर आउने बताए । उनले नेपाल आईडल जस्तै यो कार्यक्रम पनि सफल बनाउन सबैको सहयोगका लागि आग्रह गरे ।
प्रोग्रामको रिसर्चरको रुपमा नेपाली लोक संगितमा विद्यावारिधी गरेका डाक्टर लोचन रिजाललाई नियुक्त गरिएको आयोजक चाहना मिडियाले जनाएको छ ।
धनगढी अडिसन कैलाली बहुमुखी क्याम्पसको प्राङगणमा हुने भएको छ । विजेताले करसहित नगद ५० लाख रुपैया“ पाउने छन् । त्यस्तै दोस्रो हुनेलाई २५ लाख र तेस्रो हुनेलाई १० लाख रुपैया“ पुरस्कार प्रदान गरिने छ ।