न्यायमा पहुँच हुनुपर्नेमा जोड
धनगढी । प्रदेश सभा सदस्य र नागरिक समाजका प्रतिनीधिविच सर्वसाधरणको न्यायमा सहज पहुँच बिषयमा सोमबार धनगढीमा सम्वाद भएको छ ।
यूनिक नेपाल बर्दियाको सुन्दर शान्त नेपाल परियोजनाद्वारा आयोजित सो कार्यक्रममा प्रदेशसभा सदस्यहरु सांसद वीरमान चौधरी, महेशदत्त जोशी, पूर्णा जोशी, टेकबहाहुर रैका, कृष्णबहादुर चौधरी, दुर्गा विक र मालामाति राना लगायतले बोल्नु भएको थियो ।
संस्थाका अध्यक्ष प्रेम चौधरीको अध्यक्षतामा भएको सो कार्यक्रममा नागरिक समाजका प्रतिनीधिहरु मधव चौधरी, प्रभात चौधरी लगायतले सर्वसाधारणहरुले न्याय पाउन भोगेका कठिनाइ बारे चर्चा गरेका थिए ।
सहजकर्ता शुशिल चौधरीका अनुसार सो कार्यक्रममा शुसासन विधेयक, स्थानीय न्यायिक समितिको क्षमता अभिबृद्धी, विकासका काम र प्रदेशको क्षेत्राधिकार बारे सम्वाद गर्दे जाने निर्णय भएको छ ।