१८ आश्विन २०८१, शुक्रबार

पकेट अवधारणा सम्बन्धी छलफल



मसुरिया । गौरीगंगा नगरपालिकामा व्यवसायिक पकेट अवधारणा सम्बन्धी छलफल कार्यक्रम गरिएको छ ।


युकेएडको सहयोगमा आइरी नेपाल र सिसिएस कैलालीको साझेदारीमा संचालित अनुकुल पाँचौैं परियोजना अन्तर्गत छलफल गरिएको हो । कार्यक्रममा नगर उपप्रमुख अञ्चला चौधरीले परियोजनाले गौरीगंगाका कृषकहरुलाई कृषि उत्पादनको बजार प्रवन्ध मिलाउने प्रयास गरेको भन्दै नगरपालिका पनि आत्मनिर्भर व्यवसायिक कृषि पकेट क्षेत्र बनाएर रोजगारी सिर्जना गर्न सहयोग गर्न तयार रहेको बताइन् ।
किसानलाई कृषि उत्पादन बढाउन र जोखिम कम गर्न बाली बिमाको बारेमा जानकारी दिन नसकिएको भन्दै उपप्रमुख चौधरीले बिमा नितिको महत्व बुझाउनु पर्नेमा जोड दिइन् । छलफलमा चुनौति कोष सञ्चालक, कृषि बजार समिति पदाधिकारी, सामुदायिक व्यवसायिक सहजकर्ता, लाफा समिति, स्थानीय जनप्रतिनिधि र अगुवा व्यवसायिक किसानहरू सहभागिता रहेको कार्यक्रम सञ्चालन सिसिएसका कृषि अधिकृत गंगा राईले गरिन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार