१२ बैशाख २०८२, शुक्रबार

‘मिस्टर एण्ड मिस फेसन हन्टबाट ठगी’



धनगढी । मिस्टर एण्ड मिस फेसन हन्ट प्रतियोगिताबाट ठगिएको सहभागिहरुले गुनासो गरेका छन् ।
प्रतियोगितामा क्षमताका आधारमा छनौट नभई पैसाको आधारमा भएको उनीहरुले आरोप लगाएका छन् । रोयल सुट हाउस तथा रोयल फिल्म एकेडेमी लगायत संस्थाहरुद्वारा आयोजित फेसन हन्ट प्रतियोगिताको बिजेता पैसाको आडमा छनौट गरेको भन्दै सहभागिहरुले बिरोध जनाएका हुन् ।
फेसन हन्ट प्रतियोगितामा क्षमताका आधारमा नभई पैँसालाई महत्व दिइएको उनीहरुको भनाई छ । फेसन हन्ट प्रतियोगिताका लागि भोट किन्नुपर्ने भन्दै सहभागीहरुबाट १५ हजारदेखि ४५ हजार असुल गरिएको उनीहरुको भनाई छ ।
सहभागी पवन रावलले फेसन हन्ट प्रतियोगितामा आफुले ३५ हजार खर्च गरेपनि प्रतियोगिता जस्तो अनुभुति समेत नभएको बताए । उनले प्रतियोगितामा बिज्ञ जर्ज नभई आफन्त र नजिककालाई जर्ज बनाएर पैसा कमाउने काम मात्रै गरेको गुनासो गरे ।
४० जना प्रतिस्प्रधीको सहभागिता रहेको फेसन हण्ट एक महिनादेखि धनगढीमा सञ्चालन भइरहेको थियो । करुणा निरौला र रवि विष्टलाई धनगढीमा सञ्चालन भएको फेसन हण्डमा विजेता घोषणा गरिएपछि विवाद बढेको हो । उनीहरुले बढि रकम दिएको र आफन्त, नातागोता भएकै कारण आयोजकले विजेता घोषणा गरेको सहभागिहरुले आरोप लगाएका छन् । सहभागिहरुबाट आयोजकले बढि भन्दा बढि रकमका लागि मोलमोलाई गरेको सहभागिको भनाइ छ ।
सहभागीहरुले भोटिङको समेत गणना नभएको बताएका छन् । ईजिकाडबाट आएको भोट र खरिद गरेको भोटको पनि कुनै मुल्यांकन नभएको सहभागिहरु बताउछन् । अनुसासन, सहभागि, भोट, क्षमता, स्टेजको सोको मुल्यांकन गर्ने भनिएको थियो । तर कम क्षमता भएका करुणन र रविलाई प्रथम गराइएको भन्दै अन्य सहभागिहरुले आक्रोस व्यक्त गरेका छन् ।
आयोजकले एक जनाबाट २, ३ र ५ हजार मात्र रकम लिएको बताएको छ । आयोजक दिपेन्द्र चन्दले प्रतियोगितामा हार ब्यहोरेका व्यक्तीले आक्रोसमा पैसा असुलेको आरोप लगाएको बताए । उनले प्रतियोगिता निस्पक्ष भएको दावी गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार