२३ बैशाख २०८१, आईतवार

प्रदेशस्तरीय खेलकुद प्रतियोगिता शुरु



धनगढी । सुदूरपश्चिम प्रदेशस्तरीय खेलकुद प्रतियोगिता शुक्रबारदेखि धनगढीमा सुरु भएको छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिको छनौटका लागि सुदूरपश्चिम क्षेत्रिय खेलकुद विकास समितिका आयोजनामा प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरेका हुन् । मुख्यमन्त्री भट्टले प्रदेश सरकार खेलकुद क्षेत्रलाई अगाडि बढाउन लागिपरेको बताए । उनले खेल र खेलाडीका आवश्यकता, समस्या समाधानका प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।
उद्घाटन कार्यक्रममा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले खेलका माध्यमबाट प्रदेशलाई विश्वमा चिनाउन मद्दत पुग्ने बताए । उनले प्रदेश सरकारले खेलको विकासका लागि एक निर्वाचन क्षेत्र एक खेल मैदानको नीति लिएको जानकारी दिए ।
राष्ट्रिय खेल खेल्नमा उत्कृष्ट प्रदर्शन गर्नका लागि प्रतियोगिता सुरु भएको क्षेत्रिय खेलकुद विकास समितिका उपाध्यक्ष हिरेन्द्र भट्टराईले बताए ।
फागुन २८ गते सम्म सञ्चालन हुने प्रतियोगितामा एथलेटिक्स, ब्याडमिन्टन, बद्धिचाल, टेबल टेनिस, कराँते, तेक्वान्दो लगायत २८ वटा विधाका खेलमा प्रतिस्प्रर्धा गराइने सुदूरपश्चिम क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष लालबहादुर शाहीले जानकारी दिए ।
प्रतियोगितामा सुदूरपश्चिमका नौ वटै जिल्लाका खेलाडिहरुको सहभागिता रहेका छ । सुदूरपश्चिम क्षेत्रिय खेलकुद विकास समितिकी सदस्य गीता सोडारीले स्वागत गरेको कार्यक्रममा जिल्ला खेलकुद विकास समिति कैलालीका अध्यक्ष दिपकबहादुर सिंह लगायतले शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार