पत्रिका विमाेचन
धनगढी । डोटी प्रकाशन त्रैमासिक पत्रिका युग संग्राम आईतबारदेखि बजारमा आएको छ । पत्रिकाको एक समारोहकाबिच सुदूरपश्चिम प्रदेश सभामुख अर्जुनबहादुर थापाले धनगढीमा विमोचन गरेका थिए ।
सो अवसरमा बोल्दै सभामुख थापाले सञ्चारमाध्यमहरु गाउ“सम्म पुग्न नसकेको बताए । ‘पत्र पत्रिका, रेडियो, टिभी धमाधम खुलीरहेका छन’ सभामुख थापाले भने ‘तर, सञ्चारमाध्यमहरु बढी शहरमुखी भए ।’ उनले गाउ“–घरका समस्या, संस्कृतिहरुलाई अझै पनि सञ्चारमाध्यमले उजागर गर्न नसकेको बताए ।
सभामुख थापाले सञ्चारमाध्यमले आर्थिक परिवर्तनका ढोकाहरु पहिल्याउन पनि आग्रह गरे । ‘अहिले सञ्चारमाध्यमहरु जति सक्यो नाकारात्मक कुराहरुलाई बढी जोड दिन्छन । त्यसले गर्दा समाज, संस्कृति तथा संस्कार सबै नकारात्मक भइरहेको छ’ उनले भने ‘राष्ट्र समृद्धि तथा समाज परिवर्तन गर्न अब समाजलाई साकारत्मक बाटोबाट अघि बढाउन जरुरी रहेको छ ।’
‘संख्यात्मक रुपमा सञ्चारमाध्यम धेरै भइसकेका छन् अब तपाइहरुले गुणस्तरमा ध्यान दिनुहोस्’ सभामुख थापाले भने ‘आम पाठक, समाज र नागरिकको समस्या र राजनीतिक दलका गल्ती, कमी कमजोरीहरुलाई सञ्चारमाध्यमबाट औल्यांउनुहोस् ।’
राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य मनोज भट्टले अब सञ्चारमाध्यम पाठकमुखी बन्न जरुरी रहेको बताए ।
नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष अर्जुनबहादुर शाहले सञ्चारमाध्यमले राजनीतिक गतिविधी भन्दा पनि प्रदेश तहका गतिविधीमा जोड दिनुपर्ने सुझाव दिए । अध्यक्ष शाहले सञ्चारमाध्यमलाई सत्यतथ्य, विश्वासिलो सूचना प्रवाह गर्न आग्रह गरे ।
युग संग्रामका प्रधान सम्पादक केशवनाथ योगीको अध्यक्षतामा भएको कार्यक्रममा व्यवस्थापक प्रशान्त थापाले स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन सम्पादक डबल बोगटीले गरेका थिए ।