१२ बैशाख २०८२, शुक्रबार

करेन्ट लागेर शिक्षकको मृत्यु



सुखड । कैलालीको घोडाघोडीमा करेन्ट लागेर एक शिक्षकको मृत्यु भएको छ ।
घोडाघोडी वडा नम्बर २ स्थित दशरथ माध्यामिक विद्यालयका २३ वर्षिया शिक्षक हुकुम जैशीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
सरस्वती पुजाको तयारीका लागि हरियो बास काटेर तान्ने क्रममा बासले नांगो तारलाई छोएपछि उनलाई करेन्ट लागेको थियो ।
उपचारका लागि अस्पताल लैजादै गर्दा बाटो मै ज्यान गएको ईलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार