२५ आश्विन २०८१, शुक्रबार

आज सरस्वती पूजा



धनगढी । आज श्रीपञ्चमी अर्थात् सरस्वती पूजा । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाउने गरिन्छ । ऋतुहरूको राजा वसन्तको सुरुवात हुने दिन भएकाले यस दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ ।
एक पटक ऋतुराज बसन्तलाई अन्य ऋतुहरूले एक एक गरी आठ/आठ दिनसम्म भेट गरेका थिए । अन्य पाँच ऋतुले ४० दिन भेट गरेकाले वसन्त ऋतु सुरु हुने चैत कृष्ण प्रतिपदाभन्दा ४० दिनअघि माघ शुक्ल पञ्चमी कै दिन वसन्त पञ्चमी मनाउन थालिएको शास्त्रीय मान्यता छ ।यसै समयदेखि वसन्त राग गाउने प्रचलन पनि शुरु भएको बताइन्छ । संगीत, कला, साहित्य र विद्याकी खानी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी स्तोत्रपाठ गरेमा विद्या प्राप्त हुने धार्मिक विश्वास छ । आजकै दिन साना बालबालिकालाई अक्षराम्भ गराइन्छ । सरस्वतीलाई महाविद्या, महावाणी, भारती, शारदा, आर्या, ब्राह्मी, कामधेनु, वेदगर्भा, धीश्वरी नामले समेत सम्बोधन गरिन्छ ।
सरस्वती पूजाका लागि कैलालीका विभिन्न विद्यालयहरूलाई सजावट गरिएको छ । सरस्वती पूजाको अवसरमा विद्यालयहरूले नृत्य, सांगेतिक कार्यक्रम लगायतको आयोजना गरिरहेका छन् ।
सरस्वती पूजा विद्यार्थीका साथै पत्रकार, साहित्यकार लगायतले पनि बिहानै उठेर नुहाई धुवाई गरी पूजा पाठ गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार