सुकम्बासीहरूलाई कम्बल वितरण
धनगढी । गोदावरी नगरपालिकाको हरैयाबाट केही समयअघि धनगढी उपमहानगरपालिका वडा नम्बर १७, धुरझन्ना गाउमा सारिएका सुकुम्वासीहरुलाई कम्वल वितरण गरिएको छ ।
धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वड र कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले संयुक्त रुपमा सुकुम्बासी परिवारलाई कम्वल वितरण गरेका थिए ।
सो अवसरमा नगर प्रमुख वडले भने– लामो समयदेखि हरैयामा बस्दै आएका सुकुम्वासीहरुलाई कसले, कुन स्वार्थले धुर्झन्नामा सा¥यो, थाहा छैन । तर, जसले जे स्वार्थका लागि सारेको भए पनि मानवताका नाताले उपमहानगरपालिकाले सहयोग गरेको छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी श्रेष्ठका अनुसार सबै घर परिवारलाई दुई वटा कम्वल पुग्ने गरि एक सय २८ थान कम्वल वितरण गरिएको छ । केहि दिन भित्रै एक एक वटा डसना समेत वितरण गर्ने गरि उपमहानगरपालिकासंग समन्वय भैरहेको प्रजिअ श्रेष्ठले बताए ।
लामो समयदेखि हरैयामा बस्दै आएका सुकुम्बासी परिवारहरूलाई गत असार १६ गते धुरझुन्ना पु¥याइएको थियो । सुकुम्वासी परिवारहरु बस्ती स्थानान्तरण गर्दा वितरण गरिएका पालभित्र रात काटिरहेका छन् । ‘हरैयामा रहदा दैनिक मजदुरी गरेर छाक टारिन्थ्यो’ ुकुम्बासीहरुकी अगुवा हिरा वादीले भनिन्– दुर्गममा ल्याएर राखिदिए । अब यहा काम गरेर खाऊ भन्दा पनि काम पाइदैन । उनले गत दशैतिहार धनगढी उपमहानगरपालिकाले वितरण गरेको दाल चामल खाएर गुजारा गरेको बताइन् ।
सौभाग्य रियल स्टेट एण्ड हाउजिङ प्रालिले गत माघ २५ गते सुकुम्बासी बसेको हरैया स्थित २१ बिगहा जग्गा खरिद गरेको थियो । जग्गा बिक्रीमा तत्कालिन माओवादीका केहि नेताको संलग्नता रहेको आरोप लगाइएको छ ।
माओवादी द्वन्द्वकालमा २०६१ सालमा तत्कालिन नेकपा माओवादीले नै हरैयाको सो जग्गामा सुकुम्बासीहरूलाई बसाएको थियो ।