१४ कार्तिक २०८१, बुधबार

विपद व्यवस्थापन सम्बन्धी तालिम



धनगढी । विपद व्यवस्थापनमा पत्रकारको भुमिका विषयक तीन दिने तालिम आईतबार धनगढीमा समापन भएको छ ।
कारीतासको आर्थिक सहयोग र नेपाल पत्रकार महासंघ प्रदेश कमिटिको आयोजनामा शुक्रबारदेखि भएको तालिमको समापन नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष शिव गाउ“लेले गरेका थिए ।
सो अवसरमा पूर्व केन्द्रीय अध्यक्ष गाउलेले विपदका बेला पत्रकारहरुले ज्ञान, विवेक र सूचनाबाटै समाजलाई सचेतना फैलाउनुपर्ने बताए ।
नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेशका अध्यक्ष अर्जुनबहादुर शाहले विपद जोखिम न्यूनिकरण गर्न पत्रकारहरुको क्षमता अभिबृद्धि गर्न प्रदेश स्तरीय तालिमको आयोजना गरिएको बताए ।
तीन दिने तालिममा विपदको बारे रामनाथ ओझा र प्राकृतिक विपतिमा मिडिया र विपतिपछि खोज पत्रकारिताबारे प्रशिक्षण नेपाल पत्रकार महासंघको पूर्व केन्द्रीय अध्यक्ष शिव गाउलेले दिएका थिए । तालिममा सुदूरपश्चिमको नौ जिल्लाका पत्रकारहरुको सहभागिता रहेको थियो ।
समापन कार्यक्रमको संचालन महासंघका सचिव प्रेम चुनाराले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार