विपद् बाजा बजाएर अाउँदैनः मन्त्री शाह
धनगढी । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाहले विपद् बाजा बजाएर नआउने बताएका छन् ।
कारीतास नेपालको आर्थिक सहयोग तथा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको आयोजनामा शुक्रबारदेखि धनगढीमा सुरु भएको तीन दिने विपद् व्यवस्थापनमा पत्रकारको भूमिका विषयक प्रदेश स्तरीय तालिम उद्घाटन गर्दै उनले विपद जुन बेला पनि आउन सक्ने बताए । विपद्बाट व्यक्तिको मृत्यु हुने कुनै क्यालेण्डरमा उल्लेख नभएकोले विपद्बाट हुने जोखिमबाट बाँच्न पहिलेदेखि सावधान हुनु पर्ने उनले बताए ।
उनले यहाँ बनेका भौतिक संरचना एकदम कमजोर भएकोले भुकम्प आउदा जनधनको क्षति हुनसक्ने बताए । विपद तयारीका लागि सुदूरपश्चिम प्रदेश सरकारले १० करोडको लगानीमा ब्लड बैक बनाइरहेको, विश्व खाद्य संगठनसँग छलफल अघि बढाएको आन्तरिक मामिला तथा कानून मन्त्री शाहले बताए । नेपाली काँग्रेस संसदीय दलका नेता रणबहादुर रावलले भुगर्भविद्हरूको अध्ययनले सुदूरपश्चिम र कर्णाली प्रदेश भूकम्प र विपद् जोखिमको दृष्टिकोणबाट खतरा रहेको बताए ।
विकासलाई बढवा दिँदा अध्ययन अनुसन्धान नगरेपछि कहिले काही जोखिममा पर्ना सक्ने बताउँदै बाटो घाटो बनाउदा भविष्यलाई ध्यान दिनु पर्ने उनले बताए । चुरे र भावर क्षेत्र एकदम कमजोर समवेदनशील अवस्थामा रहेकोले चुरेको तटीय क्षेत्रको उत्खनन बन्द गर्नुपर्ने बताए । अर्थ विकास तथा प्राकृतिक स्रोत साधान समितिका सभापति हर्कबहादुर कुवँरले सुदूरपश्चिम प्रदेशका सामाजिक, आर्थिक, सांस्कृति र लेखनको क्षेत्रमा पछाडि परेकोले सञ्चारकर्मीलाई ग्रामीण क्षेत्रको समस्या उठान गरिदिन आग्रह गरे । यहाँ धेरै सम्भावना हुँदा हुँदै पनि प्रचार प्रसारकको कमीले ओझेलमा परिरहेको बताए ।
समितिका सभापति कुवँरले गलत गर्नेहरूको बारेमा सुझाव मुलक ढंगबाट कलम चलाईदिन आग्रह पनि गरे । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य उत्तर विष्टले विपद् बोलाएर नआउने र गरिब धनी भनेर भेदभाव नगरी सबैमा जोखिम हुन सक्ने बताए । नेपाल पत्रकार महासंघका पूर्व सुदूरपश्चिम संयोजक कर्ण शाह अहिले व्यक्तिगत र सामाजिक रूपमा विपद्को सामाना गर्नु परेको बताए । प्राकृतिक विपद्को सामाना गर्दागर्दै कतिपयको ज्यान जाने गरेको पनि उनले बताए ।
कारतास नेपालका कार्यक्रम प्रबन्धक लक्ष्मीराज जोशीले २०७२ सालको भूकम्पबाट धेरै जनधनको क्षति भएकोले त्यसलाई सिकाई ठानेर अब अगाडि बढनुपर्ने बताए । कतिपय गलत अभ्यासले विपद् निम्त्याई रहेकोले त्यस तर्फ पनि ध्यान जान आवश्यक रहेको उनले बताए । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष अर्जुन शाहको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वड लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रम सञ्चालन नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका सचिव प्रेम चुनाराले गरेका थिए । सुदूरपश्चिमका प्रदेशका नौ जिल्लाका ३० जना संचारकर्मीहरूको सहभागिता रहेका तालिममा रामनाथ ओझाले सहजीकरण गरेका थिए ।