९ चैत्र २०८१, आईतवार

बाजुरा प्रहरी कार्यालयमा आगलागी



बाजुरा । बाजुरा जिल्ला प्रहरी कार्यालयमा आगलागी भएको छ ।
शनिबार बिहान प्रहरी बाहिर गएका बेला टिनको छानामा बिजुलीको तार सर्ट भएर आगलागी भएको उक्त कार्यालयले जनाएको छ ।
आगलागीबाट रु एक लाखभन्दा बढीको सामान क्षति भएको बताइएको छ । कार्यालयको सुविधासम्पन्न भवन निर्माणाधीन अवस्थामा भएकाले प्रहरी अस्थायी टहरामा बस्दै आएको थियो । आगो प्रहरी जवान र बजारवासीको सक्रियमा नियन्त्रणमा आइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार