९ चैत्र २०८१, आईतवार

ट्रयाक्टरबाट खसेर एककाे मृत्यु



डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका–३ मा ट्क्याटरबाट खसेर एक मजदुरको मृत्यु भएको छ।

भागेश्वर गाउँपालिका–४ बस्ने ३४ वर्षीय घनश्याम जोशीको बिहीबार दिउँसो ३ बजे घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। जोशी ब्रह्मकेदार सामुदायिक वनबाट सल्लाको काठ लोड गरेर ल्याउने क्रममा से१च८८५४ नम्बरको ट्याक्टरको ढालाबाट खसेर थिए। मृतकको शव पोष्टमार्टमको लागि उपक्षेत्रीय अस्पताल डडेल्धुरामा राखिएको प्रहरीले जनाएको छ

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार