९ चैत्र २०८१, आईतवार

वैदेशिक रोजगार सम्बन्धी कार्यक्रम



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १४ फूलवारीमा मंगलबार वैदेशिक रोजगार सम्बन्धी दुई दिने चेतनामूलक कार्यक्रम समापन भएको छ ।
धनगढी उपमहानगरपालिकाको आर्थिक सहयोगमा कोडेक्स कैलालीले फूूलवारीमो वडास्तरीय सचेतीकरण कार्यक्रम भएको थियो । कार्यक्रममा वडा नम्बर १४ बाट वैदेशिक रोजगारमा गएका व्यक्तिका परिवार, जाने तयारी गरेका युवा, फर्केका युवाहरूको सहभागिता थियो । सहभागीहरूलाई शान्ति भाट र पत्रकार मुकेश टेंर्राले प्रशिक्षण दिएका थिए ।
समापन कार्यक्रममा वडाध्यक्ष रामबजारी चौधरीले वैदेशिक रोजगारमा जानु भन्दा आफ्नै ठाउँमा स्वरोजगार बन्नुपर्ने बताए । उनले स्वरोजगार बन्नका लागि वडा कार्यालयले विभिन्न तालीमहरू सञ्चालन गरिरहेको र रुचि भएका युवाहरूले त्यसमा सहभागी भएर मौकाको सदुपयोग गर्नुपर्ने बताए ।
कोडेक्सका अध्यक्ष भगवतदास चौधरीले सञ्चालन गरेको समापन कार्यक्रममा वडा सदस्य डम्बरबहादुर थापा, पत्रकार मुकेश टेंर्रा लगायत सहभागीहरूले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार