निर्मला हत्याकाण्ड : आमाको डिएनएसँग मेल खायो
काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको ‘भेजाइनल स्वाब’बाट निकालिएको डिएनएसँग आमा दुर्गादेवीको डिएनए मेल खाएको छ ।
स्वाब नै निर्मलाको होइन कि भन्ने प्रश्न उठिरहेका बेला आमा दुर्गादेवीले डिएनए जा“चका लागि रगत दिएकी थिइन् । जाँचबाट निर्मलाको स्वाबमा भएको डिएनए र दुर्गादेवीको डिएनए मिलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
गत साउन ११ गते मृत भेटिएकी बालिका पन्तको हत्यारा लामो समय बित्दा समेत पत्ता लाग्न सकेको छैन । विभिन्न टोलीले घटनाको अनुसन्धान अझै गरिरहेका छन् ।