सशस्त्र प्रहरी दिवस मनाइयो
धनगढी । सशस्त्र प्रहरीको १८ औं सशस्त्र प्रहरी दिवसका अवसरमा आइतबार विभिन्न कार्यक्रम आयोजना भएका छन् ।
सशस्त्र प्रहरी दिवसको अवसरमा सशस्त्र प्रहरी बल, नेपाल, गण हेडक्वाटर कैलाली नम्बर ३४ गणद्वारा मठ मन्दिर सरसफाइ तथा जनचेतना कार्यक्रम गरिएको थियो ।
दिवसको अवसरमा धनगढी उपमहानगरपालिका वडा नम्बर १ नैनादेवी मन्दिर परिसर सरसफाइ गरिएको थियो ।
त्यस्तै, धनगढीस्थित पञ्चोदय उच्च माध्यामिक विद्यालय हसनपुर, त्रिभुवन माध्यामिक विद्यालय बोराडाँडी, मालिका माध्यामिक विद्यालय हसनपुर र फारवेस्ट माध्यामिक विद्यालय जाइमा विपद् तथा विपद् जोखिम न्यूनीकरण र सशस्त्र प्रहरी बल नेपालको भूमिकाबारे जनचेतनामुलुक कक्षा सञ्चालन गरिएको सशस्त्र प्रहरी प्रमुख विष्णुप्रसाद भट्टले बताए ।