१६ पुष २०८२, बुधबार

सरकारले जनताको हितमा काम गरेनः नेता कोइराला



धनगढी । नेपाली काग्रेसका प्रभावशाली नेता डाक्टर शेखर कोइरालाले केपी ओली नेतृत्वको सरकारले जनताको पक्षमा काम गर्न नसकेको आरोप लगाएका छन् । नेता कोइरालाले वर्तमा सरकार दुई तिहाई बहुमतको दम्भ तथा अहंकारमा मग्न रहेको र जनताको हितप्रति उदासिन भएको बताए ।
नेपाली का“ग्रेस, कैलाली क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलनको बुधबार लम्कीमा उद्घाटन गर्दै नेता कोईरालाले वर्तमान सरकार दुई तिहाईको दम्भ देखाउदै जनताको बलिदानबाट ल्याईएको लोकतान्त्रीक गणतन्त्र र संघियतालाई नै धरापमा लगिरहेको आरोप लगाए ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभामा का“ग्रेस संसदिय दलका नेता रणबहादुर रावलले प्रदेश सरकार पनि संघीय सरकारको सिको गरेर दम्भ र अहंकार प्रदर्शन गरिरहेको बताए ।
सम्मेलनमा नेपाली का“ग्रेसका केन्द्रिय सदस्य कल्याण गुरुङ, नेपाली काग्रेस कैलालीका सभापति नरनारायण शाह, प्रदेश सभा सदस्य भरतबहादुर खड्का लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।
सम्मेलन क्षेत्रीय सभापति भक्तबहादुर थापाको अध्यक्षतामा भएको थियो । क्षेत्रीय उपाध्यक्ष डम्बर बहादुर भडारीले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार