६ पुष २०८१, शनिबार

अरुणको हत्यामा संलग्न रहेको अभियोगमा थप तीन जना पक्राउ



धनगढी । अत्तरियामा महोत्सव हेरी फर्किने क्रममा एक ज्यान जाने गरी आक्रमण गर्ने मध्ये थप तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीले मंगलबार विज्ञप्ति प्रकाशित गर्दै गोदावरी १ का २० वर्षीय अरुण भट्टलाई खुकुरी प्रहारी गरी हत्या गरेको घटनामा संलग्न रहेको अभियोगमा गोदावरी–२ का १९ वर्षीय राजु कठायत, सोही ठाउँका १९ वर्षीय बिरेन्द्र शाह र सोही ठाउँका २० वर्षीय प्रमेश मगरलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयले कठायत र मगरलाई धनगढीबाट र शाहलाई गोदावरीबाट पक्राउ गरेको जनाएको छ । उनीहरु मृतक भट्टलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोग प्रहरीले लगाएको छ ।
यस अघि प्रहरीले सोही कसुरको अभियोगमा गोदवरी–२, शिवशक्ति टोलका २१ वर्षीय बिनोद ऐरलाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरील सोमबार सो घटनाका अभियुक्तलाई डेरा कोठामा लुकाएको अभियोगमा धनगढी–३, बोराडाँडीका २२ वर्षीय डेविड ऐर, भजनी–२ घर भई धनगढी–२ उत्तरबेहडी डेरामा बस्ने २१ वर्षीय मञ्जु चौधरी खड्का र धनगढी–१३ शिवटोल बस्ने २१ वर्षीय लोकेश खत्रीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक आभुषण तिमिल्सिनाले बताए ।
उनले घटनामा संलग्न थप अभियुक्तलाई पिछा गरिरहेको बताए । उनले हत्या गरी भाग्न प्रयोग गरिएको से ४ प ५९२८ नम्बरको मोटरसाइकल बरामद गरिएको र हत्यामा प्रयोग गरिएको खुकुरी खोजी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार